दार्चुला। दार्चुलाको सीमा क्षेत्रमा भारतीय हर्कत फेरी सल्बलाउन थालेको छ। सीमा क्षेत्रमा नेपालमाथि हेपाहा प्रबृत्ति देखाउदै आएको भारतले पछिल्लो समयमा पुनः हर्कत सुरु गरेको छ ।
ओली नेतृत्वको सरकारले अतिक्रमित नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानी सहितकोे नक्सा सार्वजनिक गरेसंगै केही कम भएको भारतीय हर्कत पुनः सल्बलाउन थालेको हो ।
नयाँ नक्सा सार्वजनिक गर्दै ब्याँस क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थिति गराएदेखि नेपाली आकाशमा आउन छाडेको भारतीय हेलिकप्टर पुन नेपाली आकाशमा फन्को लगाउन थालेको छ । नेपाली भूमिमा अतिक्रमण जमाएर सडक निर्माण गरेकोे भारतले नेपाली आकाशलाई पनि बाँकी राखेको छैन ।
आज मात्रै भारतीय हेलिकप्टर सीमा नदी महाकाली भन्दा झण्डै एक किलोमिटर नेपालतिर जिल्ला सदरमुकाम खलंगा क्षेत्रमाथि फन्को लगाएको छ । उक्त हेलिकप्टरले जिल्ला प्रशासन कार्यालय, नेपाली सेनाको ब्यारेक, सशस्त्र प्रहरी बलको ४४ नम्बर गण र जिल्ला प्रहरी कार्यालयको माथि भारतीय हेलीकप्टरले निर्वाध रुपमा फन्को लगाएको छ ।
अन्य देशहरुको तुलनामा सीमा पार गर्ने बितिक्कै विमान खसाल्दै आएपनि नेपाली भूमिमा भारतीय हेपाहा प्रबृत्ति हाबी देखिएको छ । भारतसंग सीमा जोडिएको देश पाकिस्तानको सीमा क्षेत्रमा सीमा पार गर्ने बित्तिकै पाकिस्तानी सैनिकले विमान खसाल्दै आएको छ । नेपाल सरकार निरिह बन्दा दार्चुलामा भारतीय हर्कतले उत्साह पाएको छ ।
सीमा नदीबाट झण्डै एक किलोमिटर नेपालतिर प्रबेश गरेर घरिघरि फन्को लगाइरहन्छ । भारतीय बिमान नेपाली आकाशमा उड्दा नेपाली जनता आक्रोशित हुन्छन् तर नेपाल सरकारले निरीह बनेको सर्वसाधारणको गुनासो छ । पाकिस्तानको सीमा क्षेत्रमा यसरी सीमा पार गरे भारतीय हेलिकप्टर प्रबेश गरे खसालेका समाचार सुन्नमा आउने गरेको तर नेपाली आकाश निर्बाध रुपमा प्रयोग गरिरहेको नेपाल तिरका स्थानीयहरुले बताएका छन् ।
म भित्र थिए विहान ११ बजेतिर हेलिकप्टर आएको अवाज मात्रै सुनेको थिए दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले भन्नु भयो तर कहाको हो थाहा भएन,यो विषय सामान्य हो हेलिकप्टर आउने जाने विषय सामान्य हो उहाँले भन्नु भयो । आज मात्रै नेपाली सुरक्षा फौजको ब्यारेक माथि भारतीय सैन्य हेलिकप्टर निर्वाध रुपमा उडेको थियो ।लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रमा कब्जा जमाई भारतीय फौज बसालेर अझै नेपाली आकाशमा पनि कब्जा जमाइरहेकोे नेपाली जनतालाई आभास गरिरहेका छन् ।
भारतले धारचुला–लिपुलेक सडक निर्माणका क्रममा केही वर्ष पहिले पनि नेपाली भूमिमा सडक बनाएर भ्याबि इक्युपमेन्ट र निर्माण सामग्री ढुवानी गरेको थियो भने नेपाली प्रशासनलाई सुइको समेत नदिई महाकालीमाथि आधा दर्जन बढी काठे पुल बनाएको थियो । पछिल्लो समय अनाधिकृत रुपमा महाकाली पारी नेपालको सहमतिविना तटबन्ध समेत बनाइरहेको छ ।