धनगढी। जनता समाजवादी पार्टी नेपाल(जसपा) का केन्द्रीय सदस्य लक्ष्मण सिंह नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। डडेल्धुराको अमरगढि नगरपालिकाबाट जनता समाजवादी पार्टी, नेपाल(जसपा) का केन्द्रीय सदस्य रहेका सिंह आज शनिबार नेकपा माओवादी केन्द्रमा प्रबेश गरेका हुन्।
प्रदेश कार्यालय धनगढीमा प्रदेश इन्चार्ज खगराज भट्टले उनलाई पार्टी प्रवेश गराएका हुन्। पार्टी प्रवेशपछि सिंहले आफूसँग रहेको सिंगो टिम नै माओवादीमा प्रवेश गर्ने जानकारी दिएका छन् । लक्ष्मण सिंहलाई कुनै जिम्मेवारी दिने छलफल भइरहेको नेकपा माओवादी केन्द्रले जनाएको छ । सिंह जनता समाजवादी पार्टी भन्दा अगाडि नेपाली कांग्रेसबाट सक्रिय राजनीतिमा रहेका थिए।। उनी डडेल्धुरा अस्पताल डडेल्धुराका पूर्व-अध्यक्षसमेत हुन्।