धनगढी। सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। कैलालीको गौरीगंगा नगरपालीका वडा नम्बर ८ की ६५ वर्षीया महिलाको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
ती महिला शनिवार क्षयरोग सम्बन्धि बिरामि भई अस्पताल भर्ना भएकी थिइन्। प्रहरीका अनुसार ती महिलाको शनिबार (हिजो)देखि अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको थियो।
उनको सोही दिन पिसीआर चेक गर्दा कोरोना रिपोट पोजेटिभ भई थप उपचार भईरहेकोमा आज आईतबार बिहान ७:०० बजे उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।