काठमाण्डौ । कोरोनाभाइरस रोकथामका लागि भनेर सार्वजनिक सवारीमा लगाइएको जोरबिजोर प्रणाली हटाइएको छ ।गएको माघ ७ गतेदेखि काठमाण्डौ उपत्यकाभित्र चल्ने सार्वजनिक गाडीमा जोर-बिजोर प्रणाली लागू गरिएको थियो ।
शुक्रबार काठमाण्डौ उपत्यकाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले ट्याक्सी र निजी गाडीमा जोर(बिजोर यथावत् राख्दै सार्वजनिक गाडीमा हटाउने निर्णय गरेको हो । हिजो(शुक्रबार) यही विषयमा छलफल गर्न उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बसेको थियो।बैठकले सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेअनुसार हिजो मध्यरातिदेखि जोरबिजोर प्रणाली हटाइएको हो ।
यद्यपि निजी सवारी साधान (दुई पाङ्ग्रेसहित)र ट्याक्सीमा भने जोरबिजोर प्रणाली कायमै रहेको स्थानीय प्रशासनद्वारा जारी आदेशमा उल्लेख छ तर अत्यावश्यक र तोकिएका सवारी साधनमा भने जोरबिजोर लागू हुने छैन । केही दिनअघि सार्वजनिक सवारीमा पनि जोरबिजोर प्रणाली लगाइएको थियो । तर, यसले भीडभाड थप बढाएको भन्दै यसको व्यापक आलोचना भएको थियो ।तर, यो निजी सवारी तथा ट्याक्सीमा भने कायमै रहने बताइएको छ ।