धनगढी। लिटल फ्लावर प्रिमियर लिग कोरोना जोखिमका कारण सारिएको छ। अब लिटल फ्लावर प्रीमियर लिग ६ विद्यालय स्तरीय यु १९ टी २० क्रीकेट प्रतियोगिता, २०७८ फागुन २ गतेदेखि १४ गतेसम्म सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयको खेलमैदानमा हुने भएको छ।
लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सका निर्देशक रामचन्द्र शाहीले कोभिड( १९ को जोखिमलाई मध्यनजर गरि ८ दिन प्रतियोगितालाई पछि सारिएको बताए। शाहीले प्रतियोगिता जिल्ला प्रशासन कार्यालयले निर्धारण गरेको मापदण्डको पालना गर्नेगरी सञ्चालन गरिने बताए।
प्रतियोगितामा यस बर्ष काठमाडौ बाट १, कंचनपुर बाट १ तथा कैलाली जिल्लाका धनगढी लगायत विभिन्न सहरहरुबाट ८ टिम गरि कुल १० विद्यालय टिम सहभागी हुने छन्। जसमा लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी, कैलाली गुरुकुल इङ्लिस मिडियम हाई स्कुल लम्की कैलाली, स्टेपिङ स्टोन इङ्लिस स्कुल धनगढी, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली र विद्याभुषण पब्लिक स्कुल मोहनपुर गेटा कैलाली छन् ।
त्यसैगरी सत्यवती एकेडेमी अत्तरिया कैलाली, होलिल्यान्ड सेकेन्डरी स्कुल अत्तरिया कैलाली, शारदा सरस्वती मावि दोधारा चाँदनी कञ्चनपुर, हिमालयन व्हाईट हाउस वर्ल्ड स्कुल काठमाडौँ एभरेस्ट एकेडेमी अत्तरियाले पनि सहभागिता जनाउने छन्।लिग कम नक आउट फरम्याटमा खेलाइने प्रतियोगितामा १० टिमलाई २ पोलमा विभाजन गरेर प्रत्येक टिमले लिग चरणका ४ खेल खेल्न पाउने छन् ।
प्रत्येक टिममा १९ वर्षमुनिका ४ जना खेलाडी राख्न पाइनेछ। प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट बलरलाई १० हजार, उत्कृष्ट ब्याट्सम्यानलाई १० हजार र उदीयमान खेलाडीलाई १० हजार प्रदान गरिने प्रतियोगिताका संयोजक भूपीसिंह धामीले बताए । म्याच, गेम चेन्जर र सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीलाई समेत अवार्ड प्रदान गरिने छ।