डोटी। जिल्ला अस्पताल डोटीका कार्यालय सहयोगी मृत फेला परेका छन् ।
दिपायल सिलगढी नगरपालिका–७ उडीतोला घर भएका ४५ वर्षीय कार्यालय सहयोगी भक्त कोली मृत फेला पर्नुभएको जिल्ला अस्पतालका सूचना अधिकारी अमर भाटले जानकारी दिए ।
कोली जिल्ला अस्पताल जाने बाटोको चोकमा आज बिहान मृतावस्थामा फेला पर्नुभएको भाटले बताए । उनको शव जिल्ला अस्पतालमा राखिएको अस्पतालले जनाएको छ ।