बाजुरा। बाजुराको त्रिवेणी नगरपालिका–७ का वडाध्यक्ष तथा सोही नगरपालिकाका नगर प्रवक्ता प्रेमबहादुर थापा हिरासतबाट छुटेका छन् ।
नगरपालिकाका कर्मचारी र जनप्रतिनिधी माथि अभद्र व्यवहार र नगरपालिकाको निर्णय पुस्तिका च्यातेको आरोप सहित प्रहरीमा उजुरी परेपछि प्रहरीले पक्राउ गरी बुधबार नियन्त्रणमा लिएका थिए। नगरपालिकाले वडाध्यक्ष तथा नर प्रवक्ता थापा र सोही नगरपालिका–९ का वडाध्यक्ष बीरबहादुर विष्टले कर्मचारी धम्क्याएको र निर्णय पुस्तिका च्यातेको प्रहरीमा उजुरी दिएको थियो ।
पक्राउ परेका थापालाई शुक्रबार विहान जिल्ला प्रहरी कार्यालय बाजुरामा छलफल गर्ने गरी उपस्थित हुने गरी छोडिएको हो। नगरपालिकाले दिएको उजुरीका आधारमा पक्राउ परेका थापालाई निर्णय च्यातेको र कर्मचारी माथि गरेको दुव्र्यवहारका विषयमा छलफल गर्ने गरी बिहीबार बेलुकी ८ बजे छोडेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। सोही नगरपालिका–९ का वडाध्यक्ष बीरबहादुर विष्टलाई भने प्रहरीले खोजी गरेके भए पनि पक्राउ गर्न सकेको छैन ।