डडेल्धुरा। डडेल्धुरामा अबैध रूपमा सिसमका रूख कटान गरिएको छ। डडेल्धुराको परशुराम नगरपालिका– ५ मा डिभिजन वन कार्यालयको अनुमति बिना भुवनेश्वरी नमूना मावि परीगाउँको परिसर भित्र रहेका सिसम लगायतका रुखहरू अवैध रूपमा धमाधम कटान गरिएको हो।
अबैध रूपमा सिसमका रूख कटान गरिएको विषयमा सोधपुछ गर्न डिभीजन वन कार्यालयले भुवनेश्वरी नमुना मावि परिगाउँका प्रधानाध्यापक डम्बरसिंह थलाल र विद्यालय व्यवस्थापन समिति अध्यक्ष खड्कबहादुर बोहरालाई नियन्त्रणमा लिएको छ। डिभीजन वन कार्यालयको अनुमति बिना विद्यालय परिसर भित्रका सिसम लगायतका रुखहरू अवैध कटान गरिएपछि उनीहरूलाई सोधपुछ गर्न ल्याएको जिल्ला वन अधिकृत राम विचारी ठाकुरले बताए ।
भुवनेश्वरी नमूना माविका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, वडाअध्यक्ष र वन कार्यालयको मिलेमतोमा अवैध रूपमा रूख कटान गरेको स्थानीयको आरोप छ। १२ देखि १४ सिसमका रूख काटिएको स्थानीयको भनाइ छ। काठ तस्करीमा संलग्न केही व्यक्तिको घरमा काठ राख्न लगाएर डिभीजन वन कार्यालय डडेल्धुराले व्यक्ति स्वयमको देखाउन खोजेको स्थानीय बताउँछन्। चारदिन अगाडी रूख कटान गरिएको भएपनि डिभीजन वन कार्यालय डडेल्धुराले भने के कति रूख कटान भएको भनेर एकिन विवरण दिन मानिरहेको छैन्।
एकजना स्थानीयका अनुसार परशुरामधाम सब डिभीजन कार्यालय जोगबुडाका प्रमुख सन्तोष भट्टले व्यक्तिगत स्वार्थमा मौखिक रुपमन रूख कटान गर्न अनुमति दिएका थिए। काठ तस्करीमा संलग्न केही व्यक्तिको घरमा काठ राख्न लगाएर डिभीजन वन कार्यालय डडेल्धुराले व्यक्ति स्वयमको देखाउन खोजेको स्थानीय बताउँछन्। अहिले कटान गरिएको केही काठको मुडा डोजर प्रयोग गरेर स्कुलको प्राङ्गडमा पुर्ने कार्य भइरहेको छ भने दुई्चार गोलीया काठ बरामद गरेको देखाउन खोजिएको छ। तीन दिन अगाडी रूख कटान गरिएको भएपनि डिभीजन वन कार्यालय डडेल्धुराले भने के कति रूख कटान भएको भनेर एकिन विवरण दिन मानिरहेको छैन्। आफू जिल्ला बाहिर रहेको कारण के कति रूख कटान भयो भन्ने बुझिरहेको भट्टले बताए। जिल्ला वन अधिकृत राम विचारी ठाकुरले भने आफूलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन्।