काठमाण्डौ। नेपाल निजामती कर्मचारी युनियनले बझाङको चिरवित्थड गाउँपालिका ८ का सचिव दत्तराम अवस्थी माथि भएको आक्रमणप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
युनियनका उपमहासचिव दुर्गाप्रसाद फुयाँलले मंगलबार एक विज्ञप्ति मार्फत वडासचिव अवस्थी लगायतलाई अवैधानिक रूपमा माग गरिएको चन्दा नदिएको र स्थानीय व्यक्तिगत रिसिवीका कारण कार्यालयमै केही अवाञ्छित व्यक्तिहरुले सामूहिक साङ्घातिक आक्रमण गर्दै अमानवीय र अभद्र व्यवहार गरेको उल्लेख गरेका छन् ।
युनियनले राष्ट्रसेवक कर्मचारीलाई आस्था र अन्य वैयक्तिक कारण सामाजिकरूपमा गलत व्यवहार गर्नु दुःखद भएको उल्लेख गर्दै दोषीलाई कानूनी कारबाही गर्न सरकारसँग माग गरेको छ । साथै राष्ट्रसेवकलाई निष्पक्ष, तटस्थ, भयमुक्त र स्वतन्त्ररूपमा कामकाज गर्ने वातावरण कायम गर्दै आम राष्ट्रसेवकको जीउधनको सुरक्षा गर्न पनि युनियनले सरकारको ध्यानाकर्षण गराएको छ ।
बझाङमा विप्लवका कार्यकर्ताद्धारा वडाध्यक्ष र वडा सचिवलाई कालोमोसो दलियो