डोटी। डोटीको के.आई.सिंह गाउँपालिका वडा नम्बर ५ बुहार गाउँका ४१ वर्षीय मान बहादुर लुहार भारतमा सुन चोरी गरेर फरार भएका छन् ।
भारत लुधियानको बी.आर.एस.नगरका कृष्ण कुमार बजाजको घरबाट ३ ४ दिन पहिले लुहार २५ लाख भारु रुपैयाँ बराबरको सुन र केही नगद चोरी गरी फरार भएका हुन् । चोरीमा लुहार सहित तीन जना चोरीमा संलग्न रहेको कृष्ण कुमार बजाजको आरोप छ । चोरीमा संलग्न विरुद्ध भारतीय प्रहरीमा बजाजले मुद्दा दर्ता गरेका छन् ।
लुहार चोरी गरेर भागेपछि लुहारका ४ जना आफन्तलाई भारतीय प्रहरीले हिरासतमा लिएको छ । हिरासतमा रहनेहरूमा खगेन्द्र लुहार, दल बहादुर लुहार, कृपा लुहार र खड्के लुहार रहेका छन् । भारतीय प्रहरीले फरार लुहारका आफन्त मार्फत लुहारलाई पक्राउ गर्ने प्रयास गरिरहेको बताएको छ । फरार लुहारलाई हिरासतमा रहेकाहरुले त्यहा काम मिलाई दिएका थिए ।यसैबिच लुहारको खोजतलास गरी कावार्ही गरी पाउँ भन्दै इलाका प्रहरी कार्यालय दिपायल डोटीमा निवेदन परेको छ । भारतीय प्रहरीको हिरासतमा रहेका आफन्त श्रि राम लुहार र विष्णा लुहारले सोमवार निवेदन दिएको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ ।प्रहरी हिरासतमा रहेका आफन्तले इप्रका दिपायलमा दिएको निवेदन