बैतडी। जंगली बँदेलको आक्रमणबाट घाइते भएका बैतडीका मन्नाम भनिने (मनोरथ जोशी) को मृत्यु भएको छ। दोगडाकेदार गाउँपालिका १ घोरडीका अन्दाजी ७७ बर्षीय जोशीको उपचारका लागि डडेल्धुरा अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको उनका भतिजा नवीन जोशीले बताए।
जोशीको शरीरभरी बँदेलले टोकेर घाउ बनाएको थियो। सोमबार राती नै अस्पताल पुर्याएको भएपनि उनको बाटोमै मृत्यु भएको हो।
सोमबार साँझ ५ बजेतिर जंगलबाट गाउँमा पसेको जंगली बँदेलले चारजनालाई घाइते बनाएको थियो। घाइते मध्ये स्थानीय ५० बर्षीय बल्देव कार्कीलाई थप उपचारका लागि धनगढी पठाइएको जोशीले बताए । आक्रमणबाट समान्य घाइते भएका सोही ठाउँका बीरभान सार्की र हरिदत्त जोशीको स्थानीय स्वास्थ्य संस्थामै उपचार भईरहेको छ।