धनगढी। कैलालीको गोदावरी नगरपालिकाका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सेवा स्थगित गरेको छ ।नगरपालिकामा कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नगरपालिका कार्यालय र मातहतका वडा कार्यालयहरुबाट दिइने सेवा बन्द गरिएको हो ।
आइतबार सूचना जारी गर्दै नगरपालिकाले कर्मचारीमा कोरोना संक्रमण देखिएकाले नगरपालिकाका अत्यावश्यक बाहेकका सबै सेवा बन्द भएको जनाएको छ । सोही कारण माघ ९ गतेदेखि १५ गतेसम्म नगरपालिकाले कार्यालय बन्द हुने जानकारी दिएको छ। सो अवधिमा सरसफाई, स्वास्थ्य र दमकल लगायतका अत्यावश्यक सेवा भने सुचारु रहने प्रमुख प्रशासकिय अधिकृत खेमराज विष्टले बताए।