बाजुरा। बाजुराको मार्तडीमा देउवा सरकार खोज्दै अनेरास्ववियु विद्यार्थीद्धारा टर्च जुलुस निकालीएको छ।
अनेरास्ववियु विद्यार्थी बाजुराले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार जनजीवीकाका सवालमा हराएको भन्दै टर्च बालेर सरकारको खोजी गरेको हो। सांकेतिक विरोध स्वरुप जनताको समस्यामा निदाएको परमादेशवाला सरकारको खोजी गर्न टर्च जुलुस गरिएको विद्यार्थी नेता शेरबहादुर रावलले जानकारी दिए।
विद्यार्थीले विरोधका क्रममा पेट्रोलियम पदार्थ भएको मूल्यवृद्धि फिर्ता हुनु पर्ने, कालापानी र लिपुलेखमा भारतले निर्मार्ण गरिरहेको सडक बनाउने कार्य तत्काल रोकिनु पर्ने माग समेत गरेका छन्। देउवा सरकारका ६ महिना जनता र देशका लागि घातक बनेका र महँगी, भ्रष्टाचार, बेरुजोजस्ता आर्थिक गतिविधी सूस्ताएको विरोध अनेरास्ववियुले गरेको विद्यार्थी प्रेम नेपालीले बताए। साँझ मार्तडी बजारमा विरोध प्रर्दशन गर्दै अनेरास्ववियुले सरकारको चर्को आलोचना गरेको छ।
जनताको स्वास्थ्यसँग जोडिएको २४ लाख डोज कोरोना खोप समेत गायब गर्ने सरकार नेपाली जनताको पक्षमा हुनै नसक्ने आक्रोश अनेरास्ववियुको छ। अनेरास्ववियुले लोकतान्त्रिक चोकमा कोष सभा सहीत विरोध प्रर्दशन समापन गरेको हो। सरकार देशमा हराएको र बाह्य शक्तिको हजुरियावादमा चलेकोले सरकार खोज्न आन्दोलन गरिएको विद्यार्थी नेता लक्ष्मण रोकायाले बताएका छन् । पछिल्लो समय नेपाल आयाल निगमले बुधबार साँझ पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा अहिलेको बिक्री मूल्यमा प्रतिलिटर तीन रुपियाँ वृद्धि गरेको हो ।