कंचनपुर। कंचनपुरमा अशक्त अपांगता भएका नागरिकहरुले घर दैलोमा नै कोरोना बिरुद्धको खोप सेवा पाएका छन् ।
कर्डएड, लुथरन बिश्व फेडरेसन नेपाल, रास्ट्रिय मुक्त हलिया समाज महासंघ र सर्वाङिण अपांगता बिकास समाज नेपालको सयुक्त साझेदारीमा, कंचनपुरको भिमदत्त नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा नगरपालिकाका पुर्ण अशक्त र अति अशक्त अपांगता भएका नागरिकहरुले घर दैलोमा खोप सेवा पाएका हुन्।नागरिकहरुको घर दैलोमा नै गई कोरोना विरुद्धको खोप सेवा सहित अपांगता सहायक सामग्री नापजाँच तथा वितरण अवस्था अध्ययन र घर टोलमा नै अपांगता परिचयपत्र सम्बन्धि सचेतिकरण कार्यक्रम अभियानको रूपमा संचालन गरिएको प्राबिधिक सहज कर्ता नन्दराज भट्टले जानकारी गराए।
अशक्त र असहाय पुर्ण अपांगता नागरिकलाई घर दैलोमा गई सेवा दिने उद्देश्यका साथ नगरपालिकाका १९ वटा वडामा यो अभियान ५ दिनसम्म १९ वडामा निरन्तर अभियान संचालन गरेर करिब २५० जना असहाय अपांगता भएका अति अशक्त नागरिक लाभान्वित हुने लक्ष्य लिएको प्राबिधिक सहज कर्ता भट्टले जानकारी गराए।उक्त खोप अभियानको मिति २०७८ माघ ०७ गतेका दिन भिम दत्त नगरपालिका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र राज जोशी जिल्ला जनस्वास्थ कार्यालय कंचनपुरका खोप बिभाग प्रमुख जनक कुवर र सर्वाङिण अपांगता बिकास समाज नेपालका कार्यकारी निर्देशक नन्दराज भट्ट, अपांगता समन्वय समिति सदस्य जीवन कुमार भट्ट र रास्ट्रिय मुक्त हलिया समाज महासघका कार्यक्रम संयोजक लक्ष्मी लुहारद्वारा सुरुवात गरिएको हो। कार्यक्रममा नगरपालिका स्वास्थ्य शाखा प्रमुख, ३ नम्बर वडा अध्यक्ष र ६ नम्बर वडाका सदस्य दल बहादुर बोहराले आ-आफ्नो स्थानमा सहजीकरण गर्दै रास्ट्रिय मुक्त हलिया समाज महासंघ र सर्वाङिण अपांगता बिकास समाजले यस नगरपालिकामा रहेका अपांगता नागरिकहरुको लागि महत्त्वपूर्ण कार्यक्रम ल्याउने जानकारी दिए।
एकीकृत घुम्ती सेवा जनताको घर दैलोमा गइ सेवा प्रवाह गर्ने काम जून गरेको छ यो सह्रानिय र प्रशसनिय छ उनले भने । यस्तै भिमदत्त नगरपालिका नगर उप प्रमुख तथा अपांगता समन्वय समिती संयोजक सुशीला चन्द सिंहले समाजमा रहेका असहाय बर्गलाई अपेक्षाकृत अनुसार खोप लगाउन नसकी रहेको अवस्थामा यो अभियानबाट दैनिक ५० जनतालाई घर दैलोमा नै अवस्था अध्ययन सहितको खोप सेवा दिनु महान तथा अनुकरनिय कार्य रहेको बताईन् । यसरी यो कार्यक्रमलाई भिमदत्त नगरपालिकामा ल्याउनु हुने सस्थालाइ हार्दिक धन्यवाद ब्यक्त गरीन। साथै नगरपालिका नगर उप प्रमुख तथा अपांगता समन्वय समिती संयोजक सिंहले नगरपालिकाको तर्फबाट संघ सस्थाहरुकोलागी पालिका परिवार सधैं तत्पर र सह्योगी भुमिकामा रहने प्रतिबद्धता व्यक्त गरेकी छिन्।