बैतडी। बैतडीमा अग्रपंक्तिमा खटिनेहरूलाइ बुस्टर डोज दिन सुरू गरिएको छ। बैतडीमा कोरोना विरूद्धको तेस्रो मात्रा बुस्टर डोज खोप स्वास्थ्यकर्मी, सुरक्षाकर्मी,पत्रकार, कर्मचारी लगायत अग्रपंक्तिमा खटिनेहरूलाई दिन सुरू गरिएको हो।
दोस्रो मात्रा लगाएर ६ महिना पूरा भएका लक्षित समुहलाइ बुस्टर डोज दिइने र पहिला खोपको दुइवटा जुन मात्रा लगाएको छ तेस्रो मात्रा पनि त्यँहि दिइने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्टले बताए। पञ्चेश्वर, शिवनाथ,मेलौली, शिगास, डिलाशैनी र दोगडाकेदारमा खोप पठाइसकेको र बाकी रहेका पालिका पुर्चौडि, सुर्नया र पाटनमा आइतबार सम्म खोप पुगिसक्ने हेल्थ असिस्टेन्ट केशब नेगीले बताए।
बुस्टर डोज लगाउन पालिकाको प्रत्येक स्वास्थ्य केन्द्रमा लगाउन सकिने जनाएको छ। कोरोना विरूद्धको कुनै पनि खोपको मात्रा नपाएर छुटेकाहरूलाइ प्रत्येक पालिकाका खोप केन्द्रहरूमा जोनसोन खोपको मात्रा दिइरहेकोले सबैले गएर खोप लगाउन समेत स्वास्थ्य कार्यालय बैतडीले आग्रह गरेको छ ।