धनगढी : मुलुकमा संघियता लागु भएको ४ बर्ष बितेको छ । तिनै तहका सरकारले एकल अधिकार अर्थात साँझा अधिकार प्रयोग गरी काम गरिरहेका छन् । ४ बर्षसम्म मौन बसेका प्रदेश सरकारमाथी जनताका प्रश्नै प्रश्न उठ्न थालेपछि प्रदेश सरकार केन्द्रमाथी खनिन थालेका छन् । ४ बर्षसम्म मौन बसेका सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले संघियता कार्यान्वयनमा संघ सरकारनै बाधक रहेको संज्ञा दिएका छन् ।
संघ सरकार बिरुद्ध बोले मुख्यमन्त्रीबाटै हटाइपो हाल्ने हुन, या कर्मचारीनै नपठाउने हुनकी भन्ने त्रास थियो प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुमा । ४ बर्षसम्म सरकार चलाएका सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट बल्ल प्रदेश सरकारका समस्या सार्बजनिक ठाउँमा बोल्न पुगे । शुक्रबार सुदूरपश्चिम प्रदेशसभाको पाँचौ स्थापना दिवशका अवशरमा मुख्यमन्त्री भट्टले कानुन कार्यान्वयन देखी बिकास निर्माणमा समेत संघ सरकार बाधक बनेको आरोप लगाए । सरकार प्रती प्रतिपक्षी दल देखी जनताका गुनासै गुनासा आएपछि मुख्यमन्त्री भट्टले अपेक्षीत काम नहुनुमा संघ सरकारनै दोषी रहेको बताए ।
प्रदेशमा आजवश्यक परेका कानुन निर्माण लेखी बनाएका कानुन कार्यान्वयनमा संघ सरकारका कर्मचारी बाधक बन्न पुग्यो ‘भट्टले भने आज म भन्न बाध्य भएको छु प्रदेश सरकारमाथी प्रश्न मात्रै आए तर काम कसैले देखेन र समस्यापनि समस्यानै समस्याका बिच प्रदेश सरकार अगाडी बढेको छ तर केन्द्र सरकार ति समस्या समाधान भन्दा झन समस्या थप्ने काम गर्छ ।’
साझा कानुन बनाउँदा केन्द्रले कानुन बनाएको हुनुपर्छ त्यस कारण साझा कानुन त बनाउन सकेनौँ भट्टले भने ‘आफैले बनाएका कानुन हामीले संघको कर्मचारीका कारण कार्यान्वयन गर्न पाएनौँ, प्रदेश लोकसेवा आयोग गठन गरिसकेका छौँ संघको कर्मचारीकै कारण हामीले लोगसेवा बिज्ञापन खोल्न पाएनौँ संघको कर्मचारीले प्रदेशको कानुननै मान्दैन कसरी काम गर्ने ।’
बाढी पहिरोबाट मृत्यु भएका घर परिवारलाई राहत दिनका लागी हामीले २५ करोड रुपयाँ छुट्याइसकेका थियौँ तर त्यो रकम अहिलेसम्म पिडितसम्म पुगेको छैन भट्टले भने ‘हामीले रकम पठाइसकेका छौँ तर जिल्लाका सिडिओले हाम्रा कानुन र निर्देशन मान्दैन केन्द्रको कानुन मान्छ र पिडितले राहत पाएनन् ।’
मुख्यमन्त्री भट्टले देशमा संघिय लोकतान्त्रीक गणतन्त्र आएर नयाँ किसिमको काम शुरु भएपनि पुरानै ढड्डाका कर्मचारीका कारण काम नभएको दावी गरे । प्रदेश मन्त्रालयका सचिव, प्रमुख सचिव संघ सरकार माथत हुँदा २ महिनापनि नटिक्ने अर्थात संघले सचिवनै नपठाइदिने बाध्यता कायमै रहेको भट्टले बताए । प्रमुख सचिव र मन्त्रालयका सचिव केन्द्रको रहने ब्यवस्था गरिएको छ भट्टले भने ‘ामीले चाहेको हामीले बनाएका कानुन अनुसार ति सचिवले काम गरिदिन्नन् कसरी सोचे अनुसार काम हुन्छ ।’
एउटा मन्त्रीले, मुख्यमन्त्रीले धेरै सोचेका हुन्छन काम गर्नका लागी तर यो पुरानै सिस्टमका कारण सोचेजस्तै काम हुन सकेन भट्टले भने ‘हामीले जतिसुकै काम गर्न खोजेपनि संघका माथहत रहेका कर्मचारीको सोच संघियता छैन उनिहरुको सोच उहि केन्द्रिकृत भएका कारण भने अनुसार काम भएन ।’
सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएको क्षेत्रमा संरचना निर्माण नहुनुमापनि संघ सरकारनै बाधक रहेको मुख्यमन्त्री भट्टले बताए । जग्गा संघ सरकार माथहत भएका कारण प्रदेशले पटक÷टक भोगाधिकारको माग गर्दासम्म जग्गानै प्राप्ती नभएको गुनासो गर्दै मुख्यमन्त्री भट्टले संघ सरकारले अनुमती नदिएकै कारण प्रदेश सरकारले राजधानी समेत नबनाउन सक्ने अवस्था आएको बताए ।
हामीले प्रदेशको नाम र राजधानी तोकोको तेश्रो नम्बरमा हो तर अहिलेसम्म एउटा पिल्लर हाल्न सकेका छैनौँ दुख छ उनले भने ‘संघ सरकारका मन्त्रालयमा पठाएको फाइल १ बर्षसम्म क्याबिनेटमा जान्न अनी कसरी काम हुने, हामीले मागेको जग्गा भोगाधिकार मिल्दैन कसरी राजधानी बनाउने ।’
प्रदेशको फाप्ला अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागी हामी बर्षै प्रत्येक बजेट बिनियोजन गर्छौँ काम हुन्न उनले भने ‘यहाँपनि संघबाट जग्गा प्राप्तीनै भएन कसरी काम गर्नु प्रदे्रशका गौरबका योजनाका रुपमा अगाडी बढाएका योजनामा संघ सरकार बाधक बन्छ अनी हामीले काम गर्न पाएनौँ ।’ तर प्रदेशमा केही नभएको होइन धेरै बिकास भएको छ बिबिध कारणले हामीले भने अनुसार नभएको भट्टले बताए ।