धनगढी। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा शनिबार थप १७६ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा प्रयोगशालामा गरिएको २ सय ८२ नमुना परीक्षण गर्दा थप १ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।
सुचना अधिकारी श्रेष्ठका अनुसार यस्तै पछिल्लो २४ घण्टामा ६ जना नयाँ कोरोना संक्रमित अस्पताल भर्ना भएका छन्। भने एक जना संक्रमित निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् । हाल अस्पतालमा १४ जना संक्रमित विरामीको उपचार भइरहेको छ । ती मध्ये दुई जनाको आइसियुमा उपचार भइरहेको अस्पतालका सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।यस्तै पछिल्लो २४ घण्टामा कञ्चनपुरका एक कोरोना संक्रमति पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको कृष्णपुर २ का ५२ बर्षिय पुरुष रहेका छन् ।