धनगढी। जिल्ला प्रशासन कार्यालय कैलालीमा कार्यरत १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
प्रशासनका सूचना अधिकारी शिवराज जोशीका अनुसार २३ जना कर्मचारीको कोरोना परीक्षण गर्दा १५ जनामा सङ्क्रमण देखिएको बताए । यसैबिच प्रशासनका कर्मचारीमा सङ्क्रमण पुष्टि भएपछि कार्यालयका सेवाहरू पनि स्थगित गरिएका छन्।
सो कार्यालयबाट प्रदान गर्ने अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवाहरू माघ ९ गतेदेखि अर्को सूचना जारी नभए सम्मका लागि स्थगित गरिएको सूचना अधिकारी जोशीले बताए। अत्यावश्यक सेवा लिन आउनेहरूको हकमा स्वास्थ्य मापदण्डको पूर्ण पालना गरिएको हुनुपर्ने र कोरोना विरुद्धको खोप कार्ड लिएर आउनुपर्ने प्रशासनले जनाइएको छ।