काठमाडौं। संघीय सरकारले देशका सबै प्रदेशमा पारासिटामोल औषधि पठाएको छ।
कोरोना भाइरसको संक्रमण बढेपछि पछिल्लो केही दिनयता बजारमा पारासिटामोलको अभाव देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै प्रदेशमा पारासिटामोल पठाएको हो। मन्त्रालयले केन्द्रीय मेडिकल स्टोर पथलैयाबाट प्रादेशिक स्टोरहरुमा पारासिटामोल ५०० एमजी का ट्याब्लेट वितरण गरेको हो।
सबै प्रदेशमा १ करोड ३३ लाख ४२ हजार ट्याब्लेट पारासिटामोल पठाइएको मन्त्रालयले जानकारी दिएको छ। सुदूरपश्चिम प्रदेशमा १८ लाख ट्याव्लेट पठाएको छ । मन्त्रालयका अनुसार प्रदेशहरुमा पठाइएको बाहेक अझै सरकारसँग ११ लाख ५८ हजार ट्याब्लेट पारासिटामोल स्टकमा रहेको छ। हेर्नुहोस कुन प्रदेशमा कति पठाइयो?
सुदूरपश्चिम प्रदेश:-स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीमा १८ लाख
प्रदेश १:-स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरमा २७ लाख ६४ हजार
मधेश प्रदेश:-स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनुषामा २१ लाख ३० हजार
बागमती प्रदेश:-स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौंडामा १० लाख ९८ हजार
गण्डकी प्रदेश:-स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र पोखरामा १८ लाख
लुम्बिनी प्रदेश:-स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बुटवलमा २७ लाख ३० हजार
कर्णाली प्रदेश:-प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र नेपालगञ्जमा १० लाख २० हजार