धनगढी। धनगढीमा माघ १० गतेदेखि कोरोना विरुद्धको अतिरिक्त (बुस्टर डोज) खोप लगाईने भएको छ। धनगढी उपमहानगरपालिकाले कोरोना विरुद्धको अतिरिक्त खोप लगाईने सुचना जारी गर्दै कोभिड १९ विरुद्ध खोप पहिलो र दोस्रो खोप लगाएका ६ महिना पुगेका लक्षित समुहलाई कोरोना विरुद्धको अतिरिक्त (बुस्टर डोज) तेस्रो खोप दिइन लागेको जनाएको छ।
धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण बहादुर बोहराले माघ १० गतेदेखि १३ गते बिहान १० बजेदेखी ४ बजेसम्म बिभिन्न खोप केन्द्र मार्फत खोप लगाउन सकिने जानकारी दिए। धनगढी उपमहानगरपालिकाको १ नम्बर वडाको रंगशालामा १० गतेदेखि १३ गतेसम्म र उपमहानगरपालिकाका २, ३, ४, ५, ६, ७ र ८ नम्बर वडा १० र ११ गतेसम्म बिहान १० बजेदेखी ४ बजे सम्म खोप लगाइने स्वास्थ्य शाखा प्रमुख बोहराले बताए।
स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सरसफाईकर्मी, पत्रकारका साथै सार्वजनिक सेवा प्रदायक संस्थामा कार्यरत कर्मचारीलाई खोप लगाइने छ। त्यस्तै ६० बर्ष उमेर समुहका सबै नागरिक, दिर्घरोगीहरुलाई समेत अतिरिक्त खोप लगाइने जानकारी उपमहानगरपालिकाले दिएको छ।