बाजुरा। बाजुराको एक वडा कार्यालयमा लगाइएको ताला खुलेको छैन। मंगलवार बाजुराको बडिमालिका नगरपालिका वडा न ७ को वडा कार्यालयमा स्थानीयहरुले गरेको तालावन्दि तिन दिन बितिसक्दा सम्म नखुलेको हो । माउलेख भुगाडिपाटा टोलका संयोजक महादेव जैसीको नेतृत्वमा गएको युवाहरुको समुहले ताला लगाएको थियो।
हरेक वर्ष नेपाल सरकारले बेरोजगार युवाहरुलाइ लक्षित गरि प्रधानमन्त्री युवा स्वोरोजगार कार्यक्रम संचालन गर्ने गरेको भएपनी उक्त कार्यक्रममा आफ्ना आसेपासेलाई मात्र छनोट गरेको हुदा उक्त निर्णय मान्ने नभएको भन्दै वडा कार्यालयमा ताला लगाउन बाध्य भएको स्थानीयले बताएका छन् । बेरोजगार युवाहरुलाई छनोट गर्दा सोही वडाका वडाध्यक्ष धर्मराज पाध्याले आफ्ना आसेपासेलाई मात्र छनोट गरेको हुदा उक्त निर्णय मान्ने भन्दै ताला लगाउन बाध्य भएको स्थानीयले बताएका छन्।
वडाले कुनै समन्वय र आफुले गरेको मागको सनुवाई नगरेपछी तालावन्दि नखोलिएको र फेरी माग पुरा नगरुञ्जेलसम्म ताला वन्दि जारी राख्ने महादेव जोशीले बताए । वडाध्यक्ष पाध्याले वडाका प्रत्येक योजना युवा लक्षित कार्यक्रममा रजातोली जिल्ली,र माउलेख बिच विभेद गर्दै आएको स्थानीयको आरोप छ । यता वडा अध्यक्ष पाध्यायले भने आफु कोरोना पोजेटिभ भएर होम आइसोलेशनमा बसिरहेकोले यो बिषयमा आफुलाई कुनै आधिकारिक जानकारी नभएको बताएका छन्।