कैलाली। कैलालीमा केही दिन यता लगातार चिसो बढेसंगै रुघाखोकी तथा ज्वरोका बिरामी बढेका छन। कैलालीमा चिसो बढेपछि र कुहिरोले घाम नलागेपछि चिसोका कारण बिभिन्न अस्पतालहरुमा रुघाखोकी तथा ज्वरोका बिरामीको चाप बढेको छ।
धनगढी स्थीत सेती प्रादेशिक अस्पतालमा पनि चिसो बढेसंगै रुघाखोकी तथा ज्वरोका बिरामी बढेका छन। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले दैनिक साढे ३ सयदेखि ४ सय जनाको हाराहारीमा बिरामी अस्पतालमा आउने गरेको जानकारी दिए। उनले सामान्य समयमा अस्पतालमा २ सय देखि ढाई सयको संख्यामा बिरामी आउने गरेको बताए।
उनले बिरामी बढ्नुको कारण चिसो बढेकाले हुन सक्ने बताए । स्वास्थ्यकर्मीले चिसो बढेपछि रुघाखोकी र जरोका बिरामीको संख्या बढेको बताएका छन। ‘रुघाखोकीका बिरामीहरुमा कोरोना संग मिल्दोजुल्दो लक्षण पनि देखिने गरेकाले ‘त्यस्ता लक्षण देखिएका बिरामीलाई स्वाव संकलनका लागि पठाउने गरिएको बताएका छन ।चिसो बढेसंगै रुघाखोकी तथा ज्वरो आउने समस्या देखीएकाले ब्यक्तीगत स्वास्थ्यमा ख्याल गर्न स्वास्थ्यकर्मीले सुझाब दिएका छन्।
घरैमा पानी तताएर खान, तुलसीको पात, सिन्कौलीको पात, बेसार र अदुवा हालेर उमालिएको पानी खान चिकित्सकले सल्लाह दिएका छन् । चिसो मौसम सुरु भएकाले ज्वरो र रुघाखोकी लाग्दा नआत्तिन तथा नजिकैको स्वास्थ्य संस्थामा गएर उपचार गराउन जिल्ला अस्पतालले सबैमा आग्रह गरेको छ। जिल्लामा चिसो मौसमका कारण यो समस्या बढेबीच नै कोभिड संक्रमण पनि बढ्दै गएका खबरले यहाँका नागरिकमा चिन्ता छाएको बताइएको छ। पछिल्लो दिन न्युनतम तापक्रम स्थिर रहेपनि अधिकतम तापक्रममा गिरावट आउँदा चिसो महशुस गरिएको मौसम विदले बताएका छन् ।