बझाङ। बझाङको सुनकुडा क्याम्पस ब्यवस्थापन समितीको अध्यक्षमा हर्क ढाँट चयन भएका छन्। २०७८ माघ ५ गते बुधबार भएको बझाङको सुनकुडा क्याम्पस प्रङगणमा आयोजित पहिलो साधारण सभाबाट ढाँट अध्यक्षमा चयन भएका हुन्।
यस्तै उपाध्यक्षमा गणेश बोहारा, सदस्यमा शेर सिह बिक, दिनेश अधिकारी, अम्मर बिष्ट, कुमारी जोशी अवस्थी, इश्वरी बोहरा, हिक्मत मल्ल, बबिता चन्द मल्ल चयन भएका छन् । सुनकुडा क्याम्पस बिधान २०६४ तथा २०७७ को पहिलो साधारण सभाले क्याम्पसमा रहेका हरेक विषयको छलफल ( आय, ब्यय र समिती) सम्बन्धि छलफल गरेको थियो। सोहि दिन पुरानो समितीको समय सकिएको धेरै भएर पनि मस्यौदा समिती बनाएर काम चलाको ब्यहोरा थियो । तर यहि सधारण सभाको दिन सबै चिरबित्थड बासीले सुनकुडा क्याम्पसको प्रङगणमा नयाँ समिती बनाइएको जनाइएको छ ।