बाजुरा। जिल्ला अस्पताल बाजुरामा अक्सिजन प्लान्ट स्थापना सँगै सञ्चालनमा आएको छ । असारमै प्लान्ट स्थापना गर्ने योजना भएपनि बर्षातका कारणले सामान ढुवानी गर्न अलि ढिलाइ भएकाले केही समय स्थापना हुन समय लागेको
अस्पतालका प्रमुख डा प्रकाशराज जैशीले जानकारी दिएका छन्। अब अक्सिजनकालागि धनगढी, नेपालगञ्ज जानुपर्ने बाध्यता हटेको छ।दोस्रो पटक कोरानाको कहरको बेला संघिय सरकार र शुदुरपश्चिम प्रदेश सरकारले अक्सिजन पलान्ट स्थापना गर्नका लागि बजेट बिविनयोजन गरेर काम अघि बढेको थियो । अक्सिजन पलान्ट स्थापनाका लागि शुदुरपश्चिम प्रदेश सरकारबाट ८० लाख र संघिय सरकारको ७५ लाख गरि १ करोड ५५ लाख बिनियोजन भएको थियो ।
अक्सिजन प्लान्ट स्थापना भएसँगै कोभिडको तेस्रो लहर फैलिरहेको बेला कोरानका बिरामी मात्र नभई उपचारमा ठुलो सहयोग र अन्य बिरामीलाई समेत उपचारमा निकै सहज हुने अस्पतालका कोभिड फोकल पर्सन चुडामणि पन्तले वताए । प्लान्ट स्थापना नहुदा जिल्ला अस्पताल बाजुरामा अक्सिजनका लागि धनगढी नेपालगञ्जबाट ल्याउनु पर्ने बाध्यता रहदै आएको थियो । अब त्यो हटेको अस्पतालले वताएको छ । प्लान्ट स्थापना सँगै अस्पताल बाजुरामा २० वटा बेडमा सिधै पाईप लाइन जोडिएको छ ।
२वटा आइसियु वेड, इर्मेजेन्सि र आकस्मिक प्रसुति सेवामा पाइप लाइन जोडिएको अस्पतालका सुचना अधिकारी नृपराज गिरीले वताए। अक्सिजन प्लान्ट स्थापना सँगै जिल्ला अस्पताल बाजुरामा २ बेड आइसियु बेड पनि सञ्चालन हुने क्रममा रहेको बाजुरा अस्पतालले जनाएको छ। कोरोनाको कहर फैलिए सँगै कोभिडका बिरामीलाई जति बेला पनि अक्सिजन आबश्यक पर्न सक्छ, अक्सिजन पलान्ट स्थापनाले निकै सजिलो भएको उद्योग बाणीज्य संघ बाजुराका अध्यक्ष देब बहादुर रोकायाले वताएका छन् । बाजुरामा अक्सिजन पलान्ट नहुदा धेरै कोभडका धेरै संक्रमितले ज्यान गुमाउनु परेको थियो । पिसिआर ल्याब भने यो भन्दा पहिला नै बाजुरा अस्पतालमा सञ्चालनमा आइसकेको थियो ।