धनगढी। कोरोना कहरमा पत्रकारको सुरक्षामा ध्यान दिन समाजबादी प्रेस संगठन कैलालीद्वारा सरकारलाई ध्यानाकर्षण गराएको छ । कोरोना भाइरसको तेस्रो भेरियन्टले निकै संक्रमण फैलाइरहेका बेला अग्रपंक्तिमा खटिएर काम गर्ने पत्रकारको सुरक्षामा ध्यान दिन समाजबादी प्रेस संगठन कैलालीले सरकारलाई माग गरेको हो।
संगठनको आज बसेको प्रहिलो बैठकले पत्रकारको सुरक्षाका लागि सरकार सङ्ग माग गर्ने निर्णय गरे सङ्गै संगठनका कैलाली अध्यक्ष लक्ष्मीप्रसाद जैशी र सचीव दिनेस बिस्टले अपिल बिज्ञपति निकाल्दै सरकार सङ्ग माग राखेको हो । पत्रकारको सुरक्षाका लागि सुरक्षा सामग्री सङ्गै पत्रकारका लागि कोरोना बिमाको समेत संगठनले माग गरेको छ ।
साथै कोरोना संक्रमण निकै तिब रुपमा फैलिरहेको बेला अग्रपंक्तिमा खटिएर रिपोर्टिङ गरिरहेका पत्रकार हरुलाइ सजग भएर काम गर्न संगठनले माग गरेको छ । कोरोना सङ्ग जुधिरहेका पत्रकार हरुको सिघ्र स्वास्थ लाभको समेत संगठनले कामना गरेको छ ।