बझाङ। बझाङको केदारस्युँ गाउँपालिका २ का वडाध्यक्ष चक्र विकमाथि हातपात गर्ने गजेन्द्र भण्डारीले गल्ती स्वीकार गरेका छन्।
आज देउरा प्रहरी चौकीमा बसेको स्थानिय तथा सरोकारबालाहरुको बैठकमा उनले गल्ती स्वीकार गरेका हुन्। उनले सोमबारको लेनदेनको कुरो सबै झुटो रहि म र वडा अध्यक्ष चक्र बिक बिच कुनै लेनदेन नभएको स्पष्ट पारेका हुन्।
साथै उनले गल्ती महसुसका साथै क्षमा माग्दै मेरो र वडा अध्यक्ष चक्र बिक बिच कुनै पनी लेनदेन नभएको निवेदनमा स्पष्ट पारेको स्थानिय दिपक बिसीले जानकारी दिए।केदारस्युँ गाउँपालिका १ का स्थानीय ४५ वर्षीय गजेन्द्र भण्डारीले सोमबार दिउँसो मदिरा सेवन गरी वडाध्यक्ष विकमाथि हातपात गरेका थिए।
वडाअध्यक्ष विक गाउँपालिकाबाट घर आउने क्रममा केदारस्युको देउरा बजारमा गालीगलोज गरेर झम्टन आएको भन्दै वडाअध्यक्ष विकले रायल प्रहरी चौकीमा निवेदन दिएका थिए। त्यसपछि हातपात गर्ने भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो ।यसअघि काम गरेको रकम नदिएको भन्दै भण्डारीले अपशब्द प्रयोग गर्दै वडाध्यक्ष विकमाथि हातपात गरेको प्रहरीले जनाएको थियो ।