धनगढी : कैलाली उधोग बाणिज्य संघले सुदूरपश्चिम पुगेको गैर आवाशिय नेपाली संघ (एन आर एन ए) को टिमलाई स्वागत गरेको छ । गैर आवाशिय नेपाली संघ (एन आर एन ए) का अध्यक्ष कुमार पन्त सहितको टोलीलाई उधोग बाणिज्य संघमा बोलाएर संघले स्वागत गरेको हो ।
अध्यक्ष पन्त सहितको टिमलाई सुदूरपश्चिमका पर्यटकिय स्थल चिनाउने फोटो सहितको मायाको चिनो सहित प्रदान गर्दै स्वागत गरेको हो । स्वागत पश्चात बोल्दै गैर आवाशिय नेपाली संघ (एन आर एन ए) का अध्यक्ष पन्तले सबैभन्दा घुम्न रमाइलो सुदूरपश्चिममै हुने बताए ।
सुदूरपश्चिम बिभिन्न सम्भावनाले भरिएको प्रदेश भएका कारण लगानी गर्न सकिने पन्तको भनाई थियो । (एन आर एन ए) सुदूरपश्चिममा लगानी गर्न तयार छ तर बिश्वाशिलो पाटर्नर पाइरहेका छैनौँ उनले भने ‘हामीलाई उधोगी ब्यवसायी तथा सरकारले लगानीको वातावरण बनाइदिए हामी लगानी गर्न तयार छौँ ।’
हामीसंग लगानीका लागी रकम छ तर कहाँ कसरी लगानी गर्ने त्यो जानकारी छैन उनले भने ‘लगानीको वातावरण भए हामी लगानी गर्छौ यस प्रदेशमा लगानी गरेर प्रदेशलाई बनाउन हामीपनि भुमिका खेल्न तयार छौँ ।’