धनगढी : विगत लामो समयदेखि नेपाल विद्यार्थी संघको राजनीतिमा आबद्ध रहेर राजनीतिक क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएका नेता हुन् नेपाल विद्यार्थी संघ नोवेल कलेज ईकाइ समितिका अध्यक्ष योगेश जोशी । नेपाली काग्रेंसको भात्रृ संगठन बिषेशगरी नेपाल बिद्यार्थी संघंलाई निस्क्रीय बनाएकोमा उनले अशन्तुस्टी पोखेका छन् ।
सुप मिडियाको एस टि भि टकमा कुरा गर्दै जोशीले भात्रृ संगठनलाई निश्क्रीय पारेर काग्रेंस चुनावमा गए ठुलो क्षती ब्यहोर्ने बताएका छन् । भातृ संस्थालाई निष्क्रिय बनाएर काँग्रेस आउदै गरेको निर्वाचनमा होमिदा नेपाली काँग्रेस पार्टीले गम्भीर क्षेति बोहार्नू पर्ने छ जोशीले भने ‘पार्टिको मेरो दण्डका रूपमा रहेको नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल दुबै भातृ संघका अध्यक्ष नेपाली कांग्रेस पार्टीको चौधौं महाधिवेशनबाट केन्द्रीय सदस्य पद निर्वाचित भएसँगै नेपाली काग्रेंसको विधान अनुसार कुनैपनी भातृ संस्थाको पदाधिकारी पार्टीको माथिल्लो तहमा निर्वाचित वा मनोनित भएमा स्वतः पहिलाको पद रिक्त हुने व्यबस्था छ, सोही अनुसार अहिले भात्रृ संगठनमा नेतृत्व खाली छ यसको परिपुर्ती तत्काल गरिनुपर्छ ।’
जोशी को अनुसार पार्टिको मेरुदण्डका रुपमा रहेका दुई संघहरूलाई काँग्रेसले चलायमान बनाउन नसके आगामि निर्वाचनमा पार्टीले सोचे जस्तो परिणाम नलेउन सक्ने उनको ठम्याइ छ । नेपाल विद्यार्थी सङ्घको माहाअधिवेशन नभए को लामो समय भइसकेको छ उनले भने ‘यसरी लामो समय महाधिवेशन नहुनाले ने.वि. संघमा टीके प्रथाले निरन्तरता पाइरहेको छ, यसरी मनोनित गर्दा स्वच्छ प्रतिस्पर्धा को कमी र क्षमतावान् नेतृत्वको अभाव व्यहोर्नुपरेको छ ।’
विगत लामो समयदेखि कलेजमा म संघर्ष गर्दै आएका विद्यार्थी नेताहरू भूमिकाविहीन भएर बस्नुपरेको छ जोशीले भने ‘समयमा महाधिवेशन नभएका कारण एउटै व्यक्तिले लामो समयसम्म पद ओगटेर बसेका पनि थुप्रै उदाहरणहरु प्रशस्त छन् नेतृत्व पुस्तान्तरण नभए पार्टी चलायमान हुँदैन ।’
उनले भने ‘नेपाल विद्यार्थी संघ पार्टीको नर्सरीका रूपमा रहेकाले यस बाट उत्पादित उत्पादनहरू भविष्यमा पार्टीको नेतृत्व गर्न सक्ने क्षमतावान नेतृत्वका रूपमा उदयमान हुन्छन् त्यसैले आज विद्यार्थी नेतृत्वमा देखिएका अनुहारहरुले भोलिका दिनमा राज्यसत्ता र शासनको बागडोर सम्हाल्ने छन र नेपाल विद्यार्थी संघले नेपाली कांग्रेसलाई नव मतदाताहरु सँग जोड्ने काम पनि गर्छ ।’
उनीहरुलाई राजनीतिक रूपमा चेतनशिल बनाउँन महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामा नेता जोशीले बिशेष जोड दिएका छन् । नेपाल विद्यार्थी संघ नोवेल कलेज ईकाइ समिति रहेर उनले विद्यार्थीका हक हितका सवालमा सधैं अग्रपंक्तिमा रहे उनले पु¥याएको योगदान अतुलनीय छ ।