बाजुरा। कोरोनाको तेस्रो लहर फैलिएसंगै बाजुरामा कोरोना संक्रमित एक जना पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका २ जयवागेश्वरीका ५२ वर्षीय बजिर बुढा रहेको वडाध्यक्ष मिनबहादुर शाहीले जानकारी दिएका छन् ।
उनका अनुसार भारतमा उपचारमा गएका बुढा गौरीफन्टा नाकामा चेक गर्दा संक्रमण देखिएका बुढाको आज मृत्यु भएको वडाध्यक्ष शाहीले बताए । उपचारपछि घर फर्किएका बुढा होम आइसोलेसनमा रहेका बेला मृत्यु भएको हो । मृतक बुढाको स्थानीयले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर दाहसंस्कार गरेको वडाध्यक्ष शाहीको भनाई रहेको छ।
बुढाको मृत्यु भएको दुर्गा भञ्जन गुल्मलाइ खवर गरेको भएपनि आउन सम्भव नभएकाले सेनाको सुझाव अनुसार स्थानीयले शव व्यवस्थापन गरेको वडाध्यक्ष शाही बताउँछन्। मृतक बुढासंग आएका आफन्त होमआईसोलेसनमा बसेका छन् । बाजुरामा कोरोना संक्रमितको संख्या दैनिक रुपमा वृद्धि हुदै गएको छ । हाल जिल्लामा ११ जनामा कोरोना संक्रमण देखिएको छ ।तिमध्ये बडीमालिका नगरपालिकामा ८ जना,बुढीगंगामा १ जना र बुढीनन्दा नगरपालिकामा २ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालयल बाजुराले जनाएको छ ।