काठमाडौं। भारतमा एकैदिन दुई लाख ६२ हजार बढी कोरोना भाइरसका संक्रमित भेटिएका छन्। बिहीबार २ लाख ६२ हजार २२ संक्रमित थपिएका हुन्।
एक लाख ८ हजार ७०८ संक्रमितलाई निको भएको छ। ३१४ जनाको ज्यान गएको छ। सक्रिय संक्रमित बढेर १२ लाख ६५ हजार पुगेका छन्। यो अहिलेसम्मका सबै लहरमध्येकै भारतमा उच्च हो। गत बुधबार जनवरी १२ तारिखमा ७ महिनापछि पहिलो पटक ११ लाख ९ हजार सक्रिय संक्रमित भएका थिए। गत जुन ९ तारिखमा ११ लाख ६७ हजार ९५२ सक्रिय संक्रमित थिए।
भारतमा अहिलेसम्म ३ करोड ६५ लाखलाई कोरोना भइसकेको छ। ३ करोड ४८ लाखलाई निको भएको छ। अहिलेसम्म ४ लाख ८५ हजार ३४९ जनाको ज्यान गइसकेको छ। कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र गतिमा फैलिएसँगै संक्रमण ह्वात्तै बढेको छ।