कैलाली। कैलालीको जोशिपुर गाउँपालिकामा पुर्ण अशक्त र अति अशक्त अपांगता भएका नागरिकहरुले कोरोना विरुद्धको खोप र घर टोलमा नै अपांगता परिचयपत्र वितरण कार्य गरिएको छ।
कर्डएड , लुथरन बिश्व फेडरेसन नेपाल, दिगो बिकास समाज भजनी र सर्वाङिण अपांगता बिकास समाज नेपालको सयुक्त साझेदारीमा, कैलालीको जोशिपुर गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा गाउँपालिका पुर्ण अशक्त र अति अशक्त अपांगता भएका कोरोना विरुद्धको खोप र घर टोलमा नै अपांगता परिचयपत्र वितरण कार्य गरिएको हो।
७८ जना अशक्त र असहाय पुर्ण अपांगता नागरिकहरुको घर दैलोमा नै गई कोरोना विरुद्धको खोप सेवा ५० जनाको अवस्था अध्ययन र घर टोलमा नै अपांगता परिचयपत्र वितरण कार्य कार्यक्रम सम्पन्न गरिएको उक्त कार्यक्रमका प्राबिधिक सहजकर्ता नन्दराज भट्टले जानकारी दिए। ३ दिन ७ वडामा निरन्तर अभियान संचालन असहाय अपांगता भएका नागरिक लाभान्वित भएका छन । उक्त खोप अभियानको मिति २०७८ पौष २७ गतेका दिन जोशिपुर गाउँपालिका उपाध्यक्ष गिता कठरिया र सर्वाङिण अपांगता बिकास समाज नेपालका कार्यकारी निर्देशक नन्दराज भट्ट र फिल्ड सहज कर्ता ईन्द्र बहादुर पाली द्वारा सुरुवात गरिएको थियो ।
कार्यक्रममा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ,महिला बिकास शाखा प्रमुखले दिगो बिकास समाज र सर्वाङिण अपांगता बिकास समाजले यस गाउँपालिकामा रहेकका अपांगता नागरिकहरुको लागि महत्त्वपूर्ण कार्यक्रम ल्याउने र सेवा जनताको घर दैलोमा गइ दिने काम जून गरेको छ यो सह्रानिय र प्रशसनिय रहेको जानकारी दिए। हामीले समाजमा रहेका असहाय बर्गलाई अपेक्षाकृत अनुसार खोप लगाउन नसकीरहेको अवस्थामा यो अभियानबाट जनतालाई घर दैलोमा परिचयपत्र र अवस्था अध्ययन सहितको सेवा दिनु महान तथा अनुकरनिय कार्य हो उनले भने। यसरी यो कार्यक्रमलाई यो पालिकामा ल्याउनु हुने सस्थालाइ हार्दिक धन्यवाद सहित पालिकाको तर्फबाट यस्तो महान तथा अनुकरनिय कार्यक्रम गर्न आउनु हुने संघ सस्थाहरुको लागी पालिका परिवार सधैं तत्पर र सह्योगी भुमिकामा रहने गाउँपालिका उपाध्यक्ष गिता कठरियाले प्रतिबद्धता व्यक्त गरेकी छिन् ।