कञ्चनपुर। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गराउने भएको छ। बुधबार जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले कोराना रोकथामका लागि विभिन्न निर्णय गरेको हो।
सरकारी निकाय, निजी संघसंस्था, व्यवसायीले जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा कार्यान्वयन गराउनुपर्ने प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले बताए । उनका अनुसार सरकारी तथा निजी संघसंस्थाले जनचेतना मूलक कार्यक्रम गर्नेछ । यसैगरी राहत लगायत सरकारी निकायबाट प्रदान गरिने सेवा सुविधा एकद्वार प्रणालीबाट वितरण गर्ने, माघ ७ गतेदेखि अनिर्वाय रुपमा सार्वजनिक स्थान तथा सरकारी कार्यालयमा प्रवेश गर्दा कोभिड खोप लगाएको हुनुपर्ने निर्णय गरिएको छ ।
यसैगरी २५ जना भन्दा बढी सहभागी हुने खालका कार्यक्रम गर्न पाइने छैन । ‘आजदेखि कोरनाको जोखिम बढाउने खालका गतिविधि गर्न दिदैनौं,’ उनले भने, ‘विद्यालय सञ्चालन पनि गर्न पाइने छैन् ।’