बाजुरा। नेकपा एमाले बाजुराको सातौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । जिल्लाको सातौँ अधिवेशनबाट अध्यक्षमा काली बहादुर शाही चयन भएका छन् ।
एमालेको सातौँ अधिवेशनले अध्यक्षमा शाही सहित ९० सदस्य कमीटि गठन गरिएको छ । जसमा अध्यक्षमा कालि बहादुर शाही,उपाध्यक्षमा भरत बहादुर बुढा,भरत बहादुर थापा,उपसचिवमा जनक बोहरा र हरि बहादुर रोकाया लगाएत खुला दलित र जनजाति बाट ५५ सदस्य सहित ९० सदस्यी कमिटी गठन गरिएको नेकपा एमाले बाजुराले जनाएको छ ।
अधिवेशन सुरु भएको चार दिन पछि मात्र नेतृत्व चयन गरिएको छ । अधिवेशनमा नेताहरुलाई सहमतिका लागि धौधौ परेको थियो भने आज सो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । एमाले अध्यक्ष कालि बहादुर शाहि पुनः दोहोरीएका छन् । सो अधिवेशनमा अध्यक्ष बाहेक अरु सवै नयाँ नेतृत्व आएको छ। अधिवेशनको अध्यक्ष मण्डलले दिउँसो सहमतिका आधारमा चयन गरेको नेतृत्चको नाम सार्वजनिक गरेको थियो । सो नामावली सार्वनजिक पछि असहमति भएको पदको पुनः मनोनयन दर्ता गरिएको थियो । लाल बहादुर ओलीले अध्यक्ष पदको असहमति जनाउँदा अध्यक्षमा पुनः दुई जनाने मनोेनयन दर्ता गरेको थिए ।
सो पुनः मनोनयन दर्ता गरेको भएतापनि अन्तिम मा आएर जुन अधिवेशनको अध्यक्ष मण्डलले सहमतिका आधारमा चयन गरिएका व्यक्तीहरुको नाम प्रकाशन गरेको थियो उक्त व्यक्तहरुलाई नै कायम गरेको निर्वाचन समितिले जनाएको छ । नेकपा एमाले सुदूरपश्चिम सह–इन्चार्ज कर्ण बहादुर थापा, बाजुरा इन्चार्ज लाल बहादुर थापा, केन्द्रीय कमिटी सदस्य प्रकाश शाह, दयाल शाही,सहदेव वोगटी लागएत विशिष्ट ब्यक्तिहरुको उपस्थितिमा अधिवेशन अध्यक्ष मण्डल गठन गरि अधिवेशन सम्पन्न गरिएको नेकपा एमाले बाजुराले जनाएको छ ।