धनगढी। नेकपा एमाले कैलालीको नेतृत्वको लागी मतगणना सुरु भएको छ । बिहान साढे ८ बजे देखी सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको थियो।
नेकपा एमालेको कैलालीको सोमबार भएको निर्वाचनको गणना आज राती ९ बजेबाट हुने भएपनी ढिलाईका कारण अहिलेराती सभा ११ बजे देखी एमाले जिल्ला पार्टी कार्यालयमा मतगणना सुरु भएको हो। ६०९ प्रतिनिधि मध्ये ५८९ मत खसेको थियो। अध्यक्षमा वर्तमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर चन्द प्रतिस्पर्धामा छन् ।
थापाको प्यानलको उपाध्यक्षमा दुर्गादत्त जोशी, सचिवमा दानबहादुर बिक, सहसचिवमा रबिन्द्र चौधरी र मदनराज ओझा छन् । यसैगरी चन्द प्यानलको उपाध्यक्षमा सीताराम बुढाथोकी, सचिवमा डेजी पाण्डे, सहसचिवमा ममता चौधरी र लोकेन्द्र शाही उम्मेदवार छन् ।निर्वाचन समितिले सार्वजनिक गरेको नामावली अनुसार १५० पदमा ३२९ जनाको उम्मेदवारी परेको छ। १२ पदको खुल्ला पुरुषमा ५७ जनाको उम्मेदवारी छ। सदस्यहरुको केही क्षेत्रमा भने हिजो नै निर्विरोध भइसकेको छ ।
खुल्ला तर्फ १२ महिला निर्विरोध निर्वाचित भएका छन्। भूगोलतर्फ निर्वाचन क्षेत्र नम्बर १ बाट २५, २ बाट ३१ जना, ३ बाट २० जना ४ बाट ३० र ५ बाट ३० जनाले मनोनयन दर्ता भएको छ। ५ वटै निर्वाचन क्षेत्रबाट भूगोल महिला ५/५ जनाका दरले २५ जना निर्विरोध निर्वाचित भएका छन् । जनजातितर्फ ३ पदमा ११ जनाको उम्मेदवारी छ। महिलातर्फ २ जना निर्वाचित भइसकेका छन्। दलिततर्फ ८ पदमा १७ जनाको उम्मेदवारी छ। राना थारुतर्फ ८ जनाको पदमा १५ जनाको उम्मेदवारी छ।
राना थारु तर्फ ५ महिला निर्विरोध निर्वाचन भएका छन्। पेसागत खुल्ला तर्फ १ पदमा २ जनाको उम्मेदवार छ। १ पदमा महिला निर्विरोध भएका छन्। मजदुरतर्फ पुरुष र महिला गरि ३ जना निर्वाचित भएका छन्। दलिततर्फ ८ जनामा १७ जनाको उम्मेदवारी छ भने महिलातर्फ ४ जनाको पदमा ९ जनाको उम्मेदवारी छ। अपाङ्गतर्फ १ पदमा ३ जनाको उम्मेदवारी छ । अल्पसंख्यकमा पनि १ जनाको पदमा ३ जनाको उम्मेदवारी छ।