धनगढी। कैलालीमा नेकपा एमालेको अधिवेशन जारी छ। जारी अधिवेशनमा जिल्ला नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ। जसअन्तर्गत निर्वाचन समितिले आज उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ।
सार्वजनिक नामावलीअनुसार १५० पदमा ३२९ जनाको उम्मेदवारी परेको छ। अध्यक्षका लागि वर्तमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर चन्दको उम्मेदवारी छ। उपाध्यक्षमा दुर्गा जोशी र सिताराम बुढाथोकीको उम्मेदवारी परेको छ। सचिवमा दानबहादुर विक र डेजी पाण्डेको उम्मेदवारी छ। यस्तै, उपसचिवमा मदन ओझा, प्रेम चौधरी, ममता चौधरी, लोकेन्द्र साही र विनय शाहको उम्मेदवारी परेको छ।
१२ पदको खुल्ला पुरुषमा ५७ जनाको उम्मेदवारी छ। खुल्लातर्फ १२ महिना निर्विरोध निर्वाचित भएका छन्। भूगोलतर्फ १ बाट २५, जना २ बाट ३१ जना, ३ बाट २० जना ४ बाट ३० र ५ बाट ३० जनाले मनोनयन दर्ता भएको छ। ५ वटै निर्वाचन क्षेत्रबाट भूगोल महिला ५(५ जनाका दरले २५ जना निर्विरोध निर्वाचित भएका छन्। जनजातितर्फ ३ पदमा ११ जनाको उम्मेदवारी छ। महिलातर्फ २ जना निर्वाचित भइसकेका छन्। दलिततर्फ ८ पदमा १७ जनाको उम्मेदवारी छ।
राना थारुतर्फ ८ जनाको पदमा १५ जनाको उम्मेदवारी छ। राना थारूतर्फ ५ महिला निर्विरोध निर्वाचन भएका छन्। पेसागत खुल्लातर्फ १ पदमा २ जनाको उम्मेदवार छ। १ पदमा महिला निर्विरोध भएका छन्। मजदुरतर्फ पुरुष र महिला गरि ३ जना निर्वाचित भएका छन्। दलिततर्फ ८ जनामा १७ जनाको उम्मेदवारी छ भने महिलातर्फ ४ जनाको पदमा ९ जनाको उम्मेदवारी छ। अपाङ्गतर्फ १ पदमा ३ जनाको उम्मेदवारी छ । अल्पसंख्यकमा पनि १ जनाको पदमा ३ जनाको उम्मेदवारी छ।