बैतडी। नेकपा एमाले बैतडीको नेतृत्वको लागि सहमति नजुटेपछि आज आइतबार निर्वाचन हुने भएको छ। शनिबार देखि लगातार सहमतिको लागि छलफलमा जुटे पनि निष्कर्ष बिहिन बनेको छ।
सहमति मै देशभर नेतृत्व चयनको लागि निर्देशन भए पनि बैतडीमा दुई गुट बनेका कारण सहमति बन्न नसकेको हो । जिल्ला नेतृत्वको लागि वर्तमान अध्यक्ष सुरेन्द्र पाल र पञ्चेश्वर गाउपालिकाका अध्यक्ष गोरख बहादुर चन्दको कडा दावि देखिएपछि सहमति नजुटेको जनाएको छ ।
टिके प्रणाली भन्दा चलायमान नेतृत्व आउनुपर्छ भन्ने सबैको माग भएपछि लोकतन्त्रको सुन्दर पाटो चुनाब रोजेको चन्द प्यानलबाट सचिवका उम्मेदवार रहेका सन्तोष जोशीको भनाई छ। पाल प्यानलबाट उपाध्यक्षमा रमिल बम ,सचिवमा चक्र कार्की,उपसचिवमा लोकेन्द्र भण्डारी,सरस्वती नेपाली चुनावी प्रतिस्पर्धामा हुनेछन। यस्तै चन्द प्यानलबाट उपाध्यक्षमा भगिरथ कुँवर , सचिवमा सन्तोष जोशी,सहसचिवमा जनक बहादुर चन्द , भरत बहादुर मडै चुनावि प्रतिस्पर्धामा हुनेछन ।
आकांक्षिहरू बिच सहमति नभएपछि निर्वाचनको प्रक्रियामा गइसकेको र बिहान ८ बजे देखि भोटिङ हुने भने पनि तयारी पूरा नभएको कारण नयाँ तालिका सार्वजनिक गर्ने तयारि रहेको जिल्ला कमिटी सदश्य लोक बहादुर भण्डारीले बताए । निर्वाचनमा जिल्ला भरिबाट प्रतिनिधित्व गरेर आएका ५०९ जनाले मतदान गर्न पाउनेछन । आजै चुनाव सकिए लगतै मत गणना हुने जनाएको छ ।