धनगढी। नेकपा एकीकृत समाजवादी पार्टीले धनगढी उपमहानगरपालिका क्षेत्रमा गरिएको खोलानाला अतिक्रमण हटाउन माग गरेको छ।
बिहीबार एकीकृत समाजवादी पार्टी धनगढी नगर कमिटीले मेयर नृपबहादुर वडलाई ज्ञापन पत्र बुझाउँदै खोलानाला अतिक्रमण गरेर बनाइएका संरचना हटाउन माग गरेको हो । नगर क्षेत्रमा खोलानाला अतिक्रमण गरेर भौतिक संरचना बनाउने क्रम बढेपछि डुबानको समस्या पनि वृद्धि भएकाले यथाशिघ्र अतिक्रमण हटाउन माग गरिएको एकीकृत समाजवादीका नगर अध्यक्ष मदनराज रेग्मी बताए ।
नगर अध्यक्ष मदनराज रेग्मी र सचिव बाबुराजा श्रेष्ठद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा भनिएको छ, ‘अतिक्रमण गरी बनाइएका संरचना हटाएर उपमहानगरपालिको नेतृत्वले यथाशिघ्र डुबानको समस्या हल गर्न र व्यवस्थित शहर निर्माणमा ध्यान देओस् ।’ अतिक्रमण हटाउने कामको थालनी नगरिएमा समाजवादीले आन्दोलन गर्ने चेतावनी समेत दिएको छ।यस्तो छ ज्ञापनपत्र