धनगढी। सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण बढ्न थालेको छ। भारतमा कोरोनाको संक्रमण बढ्न थालेसंगै स्वदेश फर्किने नेपालीमा पनि संक्रमण दर बढेको पाइएको छ।
भारतबाट आएका नागरिकमा संक्रमण बढेको पाइएको हो। विभिन्न सिमानाका हुँदै भारतबाट नागरिकहरु स्वदेश भित्रीरहेका छन्। सुदूरपश्चिम प्रदेशमा बुधबारमात्रै ५५ जना संक्रमित थपिएका छन्। प्रदेशका विभिन्न प्रयोगशालामा १ हजार १२६ नमुना परीक्षण गर्दा ५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।
प्रदेशका विभिन्न प्रयोगशालामा १ हजार १२६ नमुना परीक्षण गर्दा ५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ। एक हजार ५७ जनाको एन्टिजेन परीक्षण गर्दा ४६ जना र ६९ जनाको पिसिआर परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको हो। २४ घण्टामा पाँच जना संक्रमित डिस्चार्ज भएका छन। यस्तै हिजो मात्रै ४० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। हालसम्म ४८ हजार ३९९ जनामा संक्रमण देखिएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ।