अछाम। अछाममा एक सुत्केरी महिलाको उद्धार गरिएको छ। अछामको ढकारी गाउँपालिका वडा नम्बर ७ निवासी लक्ष्मण ढोलीकी १७ बर्सिया श्रीमती गौरी नेपालीलाई सुत्केरीपछि स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।
री नेपालीको ६ दिन अगाडी घरमै सुत्केरी भई स्वास्थ्यमा समस्या बढ्दै गएपछि हेलिकप्टर मार्फत प्रदेश क्षेत्रीय अस्पताल कालागाउ सुर्खेतमा आईतबार दिउँसो हेलिकप्टर मार्फत उद्धार गरेर पठाइएको अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासैनीले जानकारी दिए । १२ गते घरमै ब्याथा लागेकी गौरीको कोखबाट १३ गते मृतक बच्चा जन्मेको थियो ।
कम उमेरमा बच्चा जन्माउनुका कारण महिलाको स्वास्थ्यमा प्रेसर र अक्सिजनको मात्रा न्यून हुँदै गएकाले जिल्ला अस्पतालमा करिब १ हप्तापछि मात्रै पठाउँदा समस्या आएको जिल्ला अस्पताल अछामका सूचना अधिकारी गंगा बुढामगरले बताईन्। उनका अनुसार रगत र अक्सिजनको मात्रा कम हुँदै जाँदा महिला काँप्दै गएपछि परिवारले उपचारका लागी स्वास्थ्य संस्थामा लैजानुको साटो झारफुकमा लाग्दा स्वास्थ्यमा थप समस्या आएको बताईन्।