बैतडी। बैतडीको दोगडाकेदारमा बाटोबाट लडेर एक जनाको मृत्यु भएको छ । बिहीबार जिल्लाको दोगडाकेदार गाउँपालिका ६ सित्तडस्थित स्वास्थ्य भवनमा काम गर्ने नुवाकोटका ४१ वर्षीय नारायण मगरको बाटोबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता दर्शन खड्काले बताए।
स्थानीय सित्तड बजारबाट स्वास्थ्य भवनतर्फ जाने क्रममा बाटोबाट करिब २०० मिटर तल खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको बरेमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।