धनगढी। बाजुरेली सेवा समाजले धनगढीको खुलामञ्चमा दुई दिन भुवा पर्व मनाउने भएको छ। बाजुरेली सेवा समाजले आज धनगढीमा पत्रकार सम्मेलनको आयोजनना गर्दै पुस १८ गतेदेखि १९ गते दुईसम्म भुवा पर्व मनाउन लागेको जानकारी दिएको हो।
पुसे औँसी देखि भुवा पर्व सुरु हुने भएकाले यस बर्षको औँसी आईतबार परेकोमा भव्य रूपमा भुवा पर्व मनाउन लागीएको जानकारी दिइएको छ। सुदूरपश्चिमका बाजुरा, अछाम, बझाङ लगायतका जिल्लामा भव्य रूपमा मनाइने गरिन्छ। बाजुरेली सेवा समाजले धनगढीको खुल्ला मञ्चमा आयोजना गर्न लागेको भुवा पर्वमा विहानै मुढा जलाएर सुरुवात गरिनेछ। आईतबार बिहान ११ बजे सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको बाजुरेली समाजका अध्यक्ष चेतबहादुर थापाले जानकारी दिए।
बाजुरा पुर्खौली घर भएकाहरूले धनगढीमा भुवा पर्वको आयोजना गर्न लागेको र त्यसलाई मध्यनजर गर्दै मौलिक पर्वलाई निरन्तरता दिने उद्देश्य रहेको बाजुरा सेवा समाजका अध्यक्ष थापाले बताए । आईतबार र सोमबार गरी दुई दिन खुल्लामञ्चमा भुवानाच खेलाईनेछ। भुवा पर्व, असत्यमाथि सत्यको विजय अर्थात कौरबमाथि पाण्डवको विजय भएको खुसीयालीको प्रतिविम्वका रुपमा भुवा पर्व मनाउने चलन सुरु भएको बाजुरेली सेवा समाजका सल्लाहकार सदस्य कुलबहादुर हमालले बताए । भुवामा दमाहाको बाजासंगै ढाल तरवारसहित चाली खेलेर मनाइने गरिन्छ । भुवा महाभारतको पाण्डप र कौरवबीचको युद्धदेखि यो पर्व आरम्भ भएको जनविश्वास रहँदै आएको छ । सोही लडाइँको सम्झना तथा पाण्डपहरूको जीतको खुशीयालीमा पर्व मनाउन थालिएको बताईन्छ।
यति बेला सुदूरपश्चिमका बाजुरा, अछाम, बझाङ जिल्लामा धूमधामका साथ भुवा पर्व चलिरहेको छ। कैलालीमा समेत पहाडी जिल्लाका बासिन्दाहरूको उल्लेख्य बसोबास रहेकोले परम्परालाई कायम गर्न यो पर्व मनाइन लागेको आयोजकले जनाएको छ । तरवार, ढाल नचाउँदै दमाहाको तालमा देउडा र मागल गीतका साथ खेलिने भुवा पर्वले धनगढीमा बेग्लै पहिचान बनाइसकेको छ । द्वापर युगमा पाँच पाण्डवले कौरवमाथि विजयी हासिल गरेपछि निकालिएको विजयी जुलुसमा तरवार र ढाल नचाउँदै खुशीयाली मनाइएको र त्यसैको सम्झनामा भुवा खेल खेल्ने चलन रहेका छ । यसैबिच प्रदेश सरकारले सुदूरपश्चिमका तीन जिल्लामा आइतबार सार्वजनिक बिदा दिएको छ।