धनगढी। बैतडी समाज कैलालीले तेस्रो बार्षिक साधारण सभा सम्पन्न गर्न सम्पुर्ण तयारी पूरा गरेको छ। बैतडी पुर्ख्यौली घर भै हाल कैलालीको विभिन्न क्षेत्रमा बसोबास गरिरहेका बैतडेलीहरु एकजुट भएर सामाजिक सेवाका कार्य गर्ने उद्देश्यका साथ स्थापना भएको वैतडी समाज कैलालीले तेस्रो साधारण सभा सम्पन्न गर्न तयारी पूरा गरेको हो।
पौष १५ गते वैतडी समाज कैलालीको तेस्रो बार्षिक साधारण सभामा बिभिन्न कार्यक्रमहरु आयोजना गरिने जनाएको छ । सुदुरपश्चिमेलि तथा बैतडेलीहरुको मौलिक र महत्त्वपूर्ण पर्व पुषे १५ को अवसर पारेर ओझेल पर्दै गएको पुषे १५ को महत्त्वलाई झल्किने साँस्कृतिक कार्यक्रम आयोजना गरेको समाजका अध्यक्ष माया प्रकाश भट्टले जानकारी दिए ।
यस्तै पुष १५ गते बिहान सहिद गेटमा उपस्थित भै शहिद दशरथ चन्दको शालिकमा फुल गुच्छा अर्पण, अमर शहिद प्रति श्रद्धा सुमन ब्यक्त गर्ने कार्यक्रम छ । भने धनगढीको ट्राफिक चौराह बाट बिहान ९ बजे छलिया नाँच सहितको झाँकी बनदेबी परिसर हुँदै समाजको प्रस्तावित बहुउद्देश्यीय भवन निर्माण स्थल तारानगर पुग्ने, बिहान ११ः ३०बजे नगर प्रमुख नृप वडद्धारा कार्यक्रम उदघाटन,
कार्यक्रममा लोक गायक महेश औजिको विशेष प्रस्तुति, सहित फाग, देउडा र भस्डा, हुड्क्यौलि (देव गाथा र वीर गाथा गायन) छलिया नाँच र अन्य बैतडेली साँस्कृतिक झलक प्रस्तुत हुने कार्यक्रमका सँयोजक गजेन्द्र वीर चन्दले जानकारी दिए । साथै उनले कार्यक्रम अबलोकनका लागि सम्पुर्ण धनगढी बासीमा हार्दिक आमन्त्रण समेत गरेका छन् ।