धनगढी। बझाङदेखी धनगढी आउँदै गरेको जिपमा प्रहरीले १६ किलो चरेश फेला पारेको छ। सोमबार राति ११ बजे बझाङबाट धनगढीतर्फ आउँदै गरेको से १ ज ७१८ नम्बरको जिपमा चेकजाँच गर्दा १६ किलो चरेश फेला परेको प्रहरीले जनाएको छ।
कैलालीको चुरे गाउँपालिका–५ बेल्चापलान भन्ने स्थानमा गरिएको चेकजाँचमा जिपको सिटमुनि लुकाइराखेको अवस्थामा उक्त मात्रामा चरेश फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
जिपमा चरेश फेला परेपछि जिप चालक बझाङको बुंगल नगरपालिका –११ देउलीकोटका २८ बर्षीय बीर बोहरा र ४० बर्षीय गमलाल बोहरालाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले बताए। उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।