काठमाण्डौँ। नेपाल जनस्वास्थ्य संघको केन्द्रीय कार्य समितिको निर्वाचनका लागि ३५ जनाको उमेद्वारी परेको छ। अध्यक्ष, उपाध्यक्ष सहित कुल १५ सदस्यीय कार्यसमितिका लागि ३५ जनाको उम्मेद्धारी परेको हो। अध्यक्ष पदमा तीन जना, सहकोषाध्यक्षमा तीन जनाको उम्मेद्धारी परेको छ भने उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष पदमा दुई/दुई जनाको उम्मेद्धारी परेको छ।
सदस्यतर्फ समावेशीमा सात जना र खुला तर्फ १४ जनाको उम्मेद्धारी परेको निर्वाचन समितिका संयोजक रमेशप्रसाद अधिकारीले जानकारी दिए। नेपाल जनस्वास्थ्य संघको केन्द्रीय कार्य समितिको निर्वाचनका लागि उम्मेद्धारी मनोनयन दर्ता अन्तीम नामावली अनुसार सुदुरपश्चिमबाट कोषाध्यक्ष तथा खुला सदस्यको लागी मात्रै उम्मेदवारी परेको छ । जस अनुसार कोषाध्यक्षका लागी उम्मेदवारी दिने बाजुराबाट चेतराज पण्डित तथा कञ्चनपुरबाट डमरु पनेरु छन् । यस्तै खुल्ला सदस्यका लागी बैतडीबाट दयाकृष्ण पन्त तथा कैलालीबाट खाकिन्द्र बहादुर भण्डारी रहेका छन् । कुल १ हजार ७ सय १८ मतदाता रहेका छन्। पुस २४ गते हुने निर्वाचनका लागि सात प्रदेशमा एक एक वटा र काठमाण्डु उपत्यकामा एक वटा गरी कुल आठ वटा मतदान केन्द्र तोकिएको छ।हेर्नुहोस सुचि यहाँ…