धनगढी। कैलालीको गोदावरी ५ का मृगौला पिडीत बुद्धिराम चौधरीको उपचारमा आर्थिक सहयोगको अपील गरिएको छ । कैलालीको गोदावरी नगरपालीका ५ बरबट्टाका बुद्धिराम चौधरीको दुबै मृगौला फेल भई उपचार गराइरहेका र मृगौला प्रत्यारोपण गर्नुपर्ने भएकाले आर्थिक सहयोगको अपील गरिएको हो ।
आर्थिक अवस्था निकै कमजोर भएकाले सबैमा आर्थिक सहयोगको लागी अपील गरिएको उनका सहयोगी हेमराज खत्रीले जानकारी दिए । हाल चौधरी काठमाण्डौँ स्थीत सुमेरु अस्पताल प्रालीमा उपचाररत छन् । साथै उनको एउटा मृगौला प्रत्यारोपण गर्नुपर्ने भएकाले घरपरिवारको आर्थिक अवस्था कमजोर भएकाले सहयोग संकलन गरि सहयोग गरिदिन सम्पुर्णमा अनुरोध समेत गरिएको बताए । सहयोगका लागी राज कुमारी चौधरी फोन नम्बर ९८६९९६९२४७ वा ९८११६३११६६ तथा मनिराम चौधरीको फोन नम्बर ९८४८४५२७७० मा सम्पर्क गरेर आर्थिक सहयोग गर्न सकिने जनाइएको छ ।