बैतडी। नेपाल परिवार दलको पहल तथा टीजुची फाउण्डेशनको सहयोगमा बैतडीको बिकट क्षेत्र पुर्चौडी हाटमा खाद्यान्न तथा राहत वितरण गरिएको छ। पिडीत परिवार तथा आर्थिक अवस्था कमजोर भएकालाई केही सहयोग गर्ने उदेश्य सहित निरन्तर राहात बितरणमा खटिएको नेपाल परिवार दल र टीजुची फाउण्डेशनले आज बैतडी जिल्ला पुर्चौडीमा खाद्यान्न तथा राहत वितरण गरेको हो।
राहत वितरणका लागी नेपाल परिवार दलको युवा नेता खडक नागरी र बैतडी जिल्लाका पार्टीका जिल्ला सदस्य सुदर्शन भट्टको पहलमा तथा टीजुची फाउण्डेशनको सहयोगमा बैतडी जिल्ला पुर्चौडी हाट भट्टनाका ४० घरपरिवारलाई प्रतिपरिवार २५ केजि चामाल १० केजि ज्ञान आटा मसुरको दाल, चना ,तेल,नुन,४ पिस साबुन वितरण गरिएको छ।
पिडीत परिवार भएकै क्षेत्रमै पुगेर नेपाल परिवार दल तथा टीजुची फाउण्डेशनको सहयोगमा आज बैतडी जिल्ला पुर्चौडी हाट भट्टनाका ४० परिवारलाई खाद्यान्न तथा राहत वितरण गरिएको नेपाल परिवार दलको युवा नेता खडक नागरीले जानकारी दिए । साथै विकट ठाउँमा राहत लिएर गएका पार्टीका नेता नागरीलाइ स्थानिय बासिन्दाले धन्यवाद दिएका छन् । साथै घरपरिवारका सदस्यले युवानेता नागरीलाइ यस क्षेत्रबाट सबै स्थानीयले सहयोग गर्ने र अझै पनि थप यस्ता राहत ल्याउन आशा गरेका छन । भने नागरीले पनि आफु र पार्टीको तर्फबाट सक्दो सहयोग गर्ने आस्वासन दिएका छन् ।