बाजुरा। बाजुराको उत्तरी क्षेत्रमा रहेका ४ ओटा मेडिकलहरु औषधी ब्यबस्था बिभागले शिल गरेको छ । मेडिकलहरु गैरकानुनी रुपमा चलाएको भन्दै औषधी ब्यबस्था बिभागले मेडिकलहरु शिल गरेको हो।
कोल्टीमा रहेका नबिन मेडिकल, बिशाल आयुबेर्द औषधी पशल, पिलुचौरमा रहेका जनता स्वास्थ्य क्लिनीक र संज्याल हेल्थ किल्निक शिल गरेको जनाएको छ ।त्यसै गरिमेडिकल संचालक शाह अनुगमनको टोली आएको थाहा पाउने बित्तीकै प्रभा आयुबेर्द पसलका संचालक सन्तोष साह भने फरार रहेको बुझिएको छ । औषधी ब्यबस्था बिभागका शाखा अधिकृत धन बहादुर बोहराको नेतृत्वमा आएको टोलीले अनुगमनको क्रममा गैरकानुनी रुपमा संचालन भएका मेडिकलहरु भेटिएपछि शिल गरेको जनाएको छ।
बिशाल आयुबेर्द पशल बुढिनन्दा नगरपालिकाका स्वास्थ्य संयोजक जसी ल्वारको हो भने प्रभा आयुबेर्द पसल नगरपालिकाका कर्मचारी सन्तोश शाहको रहेको छ । दुबै जनाले आयुबेर्दको इजाजत पत्र लिएर एलोपेथिक औषधी बिक्री गर्दै आएको जनाएको छ ।
बुढिनन्दा नगरपालिका र जिल्ला प्रशासन कार्र्यालय बाजुराले पटक पटक गैरकानुनी रुपमा मेडिकल संचालन नगर्न निर्देशन दिएको भए पनि संचालकहरुले अटेर गर्दै आएका थिए ।