धनगढी। कैलालीको भजनी नगरपालिकाका ७२ जनाले घर दैलोमा नै पाए खोप सेवा पाएका छन् । कर्डएड , लुथरन बिश्व फेडरेसन नेपाल , दिगो बिकास समाज भजनी र सर्वाङिण अपांगता बिकास समाज नेपालको सयुक्त साझेदारीमा, कैलाली जिल्लाको भजनी नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा नगरपालिका वडा न.१,२,३,५,७,८ र ९ का पुर्ण अशक्त र अति अशक्त अपांगता भएका ७२ जना कोरोना विरुद्धको खोप लगाइएको हो। अशक्त र असहाय पुर्ण अपांगता
नागरिकहरुको घर दैलोमा गई कोरोना विरुद्धको खोप सेवा दिएको उक्त कार्यक्रमका प्राबिधिक सहजकर्ता नन्दराज भट्टले जानकारी दिए। ३ दिन ९ वडामा निरन्तर अभियान संचालन गरेर २०० जना असहाय अपांगता भएका नागरिक लाभान्वित भएका हुने लक्ष्य राखिएको छ । उक्त खोप अभियानको मिति २०७८ पौष २ गतेका दिन भजनी नगरपालिका स्वास्थ्य शाखा प्रमुख कैलास चौधरी र सर्वाङिण अपांगता बिकास समाज नेपालका कार्यकारी निर्देशक नन्दराज भट्ट र फिल्ड सहज कर्ता ईन्द्र बहादुर पाली द्वारा सुरुवात गरिएको हो ।कार्यक्रममा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ,महिला बिकास शाखा प्रमुखले दिगो बिकास समाजले यो कार्यक्रमबाट जनताको घर दैलोमा खोप खोप सेवा दिने काम जून गरेको छ यो सह्रानिय र प्रशसनिय रहेको जानकारी दिएका छन्। हामीले खोप केन्द्रमा लक्षित बर्गलाई लक्ष्य गरे अनुसार खोप लगाउन नसकी रहेको अवस्थामा यो अभियान बाट जनतालाई घर दैलोमा नै सेवा दिनु महान तथा अनुकरनिय कार्य हो । यसरी यो कार्यक्रमलाई यो पालिकामा ल्याउनु हुने सस्थालाइ हार्दिक धन्यवाद सहित पालिकाको तर्फबाट यस्तो महान तथा अनुक्रणिय कार्यक्रम गर्न आउनु हुने संघ सस्थाहरुको लागी पालिका परिवार सधैं तत्पर र सह्योगी भुमिकामा रहने शाखा प्रमुख कैलास चौधरीले प्रतिबद्धता व्यक्त गरेका छन्।