धनगढी। धनगढी उपमहानगरपालीका ४ चटकपुरमा रहेको सिपि अस्पताल प्रा.लिले मुत्र तथा मिर्गौला रोगका बिरामीहरुलाई निःशुल्क ओपीडी तथा परामर्श सेवा प्रदान गर्ने भएको छ।
बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्य सहित सामाजिक उत्तरदायित्व वहन स्वरुप अस्पतालले पौष ४ देखि १० गतेसम्म मुत्र तथा मिर्गौला रोगका बिरामीहरुलाई निःशुल्क ओपीडी तथा परामर्श सेवा प्रदान गर्ने भएको हो। साथै निःशुल्क ओपीडी सेवा सहित अप्रेसन सेवामा बिशेष छुटको ब्यवस्था गरिएको अस्पतालले जानकारी दिएको छ।
अस्पतालका निर्देशक विकास मौनीले मुत्र तथा मिर्गौला रोगसम्बन्धि पिसाब चुहिने, पिसाब नली, पिसाबको पत्थरी मृर्गौलाको पत्थरी तथा प्रोस्टेट ग्रन्थीको समस्या भएका बिरामीले निःशुल्क ओपीडी, परामर्श सेवा तथा अप्रेसन गर्नुपर्ने भएमा समेत बिशेष छुटको ब्यवस्था गरिएको जानकारी दिए। एक हप्तासम्म सञ्चालन हुने मुत्र तथा मिर्गौला रोगका बिरामीलाई निःशुल्क ओपीडी परामर्श तथा अप्रेसन सेवामा वरिष्ठ युरो सर्जन डाक्टर सुमित कर्णद्वारा निःशुल्क ओपीडी, परामर्श सेवा तथा अप्रेसन सेवा प्रदान गरिने अस्पतालका निर्देशक मौनीले जानकारी दिए।
मुत्र तथा मिर्गौला रोगसम्बन्धि निः शुल्क ओपीडी परामर्सको लाभ लिनुहुन सबैलाई अनुरोध समेत गरिएको छ। सि पि अस्पतालले अन्य समयमा पनि विभिन्न निशुल्क स्वास्थ्य सेवा (परीक्षण) तथा उपचारमा समेत मा विशेष छुट दिनेगरेको अस्पतालले प्रशासनको भनाई छ। हाल अस्पतालले विभिन्न विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य सेवा तथा परामर्श दिदै आएको छ। यस अघि सिपि अस्पताल प्रालीले गरेको निःशुल्क ओपीडी तथा विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य परामर्श तथा परिक्षणमा साढे ३ सय भन्दा बढी बिरामीले लाभ लिइसकेको अस्पतालले जनाएको छ।