धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थाई मुकाम धनगढीमा ट्राफिक ब्यवस्थापन नहुँदा दिनहुँ दुर्घटना भइरहेका हुन्छन् । धनगढीमा हजारौँको संख्यामा गुड्ने अटो रिक्सा र अब्यवस्थित पार्किङका कारण बजार अस्तब्यस्थ देखिन्थ्यो ।
एकातर्फ मोहना अत्तरिया सडकखण्डमा लामबद्ध किसिमले पार्किङ गरिएको ट्याकंर त अर्को तर्फ धनगढी चौराहामा यात्रु खोज्दै बिच सडकमा रहेका छोटो दुरीका सवारी साधनले सडकनै कब्जा गरेका हुन्थे । झन हजारौँको संख्यामा गुड्ने अटोरिक्साका कारण धनगढी बजारमा हिनि नसक्नु थियो । तर पछिल्लो केही समय धनगढीका यी समस्या कम हुँदै गएका छन् ।
सुदूरपश्चिम प्रदेशको प्रमुख ब्यापारिक केन्द्र तथा प्रदेशको अस्थाई मुकाम हो धनगढी । यहाँ सुदूरपश्चिमका मात्रै नभएर देशभरीकै तथा बाह्य देशका नागरिककोपनि बसोबास रहन्छ । पछिल्लो समय सवारी साधनको चाप बढ्न थालेपछि धनगढी बजार सवारी साधनका कारण अस्तब्यस्थ हुन्थ्यो ।
साघुँरा सडक त्यसमै गुड्ने हजारौँ सवारी साधनलाई थेगी नसक्नु थियो । तर पछिल्लो समय प्रहरीले ट्राफिक ब्यवस्थापनमा ध्यान दिएसंगै त्यो समस्यामा कमी आउँदै गएको छ । अहिले धनगढी बजारको ट्राफिक ब्यवस्थापनमा सुधार देखिएको छ । पुस एक अर्थात आजबाट मात्रै धनगढी बजार क्षेत्रमा अटो रिक्साहरुमा जोर बिजोर नियम सञ्चालन भएको छ । यसले बजारको जामलाई कम गरेको छ । यस्तै डिभाइडर हटाएर डिभाइडर राखिएका क्षेत्रमा छोटो दुरीका सवारी साधनलाई पार्किङ क्षेत्र बनाएपछि धनगढी चौराहामा देखिने सवारीको चापमा कमि आएको छ ।
म यो भन्दा अघीपनि धनगढीमा बसेको हुँ जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख ट्राफिक प्रहरी निरिक्षक वकिल बहादूर सिहंले भने ‘कता कता समस्या छ धेरै थाहा थियो केही कुरा पछि सबै निकायसंग सुझाव मागे अनी त्यो अनुसार सबै निकायसंग सहकार्य गरेर अघी बढ्दा केही ब्यवस्थापन गर्न पाएको छु ।’
सबैभन्दा समस्या भनेको ट्याकंर पार्किङकै थियो उनले भने ‘आयल निगम लगायत सबैसंगको सहकार्यमा आज यो नेश्नल टे«डिङको जमिनमा पार्किङ क्षेत्र बनाएर पार्किङ शुरु गरेका छौँ, यस्तै धनगढी चौराहामा डिभाइडरको बाहिर पार्किङ गरेर बाटै नबच्ने अवस्था थियो डिभाइडर हटाएर त्यहाँपनि ब्यवस्थित गरेका छौँ र धनगढी बजारमा हुने भिडभाड कम गर्न बजार क्षेत्रमा हटो रिक्सालाई जोर बिजोर नियम लागु गरेका छौँ ।’
मोहना अत्तरिया ६ लेन सडकमा लामबद्ध रुपमा पार्किङ हुने पेट्रोलियम पदार्थ बोकेका ट्याकंरका कारण दिनहुँ दुर्घटना दोहोरिरहन्थे । ६ लेन सडकमा पुरै ट्याकंरको पार्किङले कहिले त १ लेनसम्म खाली हुन्थेन । यसका कारण दैनिक आवतजावत गर्ने सवारी साधन चालकहरुलाई निकै सास्ती थियो ।
महिनौँ देखी बिभिन्न निकायको पहलपछि बल्ल पार्किङ क्षेत्र बनेको छ । धनगढी मिलनचोकमा स्थित नेस्नल टे«डिङको जमिनमा ट्याकंर पार्किङ शुरु गरेको छ । सडकमा पार्किङ गरिने ट्याकंरहरु अब ब्यवस्थित रुपमा पार्किङ गरिन थालेपछि चालकहरुपनि ढुक्क छन् । तर शुरक्षाका किसिमले बिभिन्न समस्या आउन सक्ने नेपाल यातायात स्वतन्त्र मजदूर संगठन सुदूरपश्चिम प्रदेश अध्यक्ष ललित चन्दले अँझ थप ब्यवस्थित गर्नुपर्ने माग राखेका छन् ।
यहाँ अशुरक्षितपनि छ बर्षातमा डुवानपनि पर्छ उनले भने ‘यसमा आयल निगमले सहज गरिदिए हामी चालकहरुले पनि झन्जट ब्यहोर्नुपर्ने थिएन अब धेरै सहज हुन्छ ।’
प्रहरीले जिल्लाको शान्ति शुरक्षा संगै ट्राफिक ब्यवस्थापनमापनि चुस्त दुरुस्त बनिरहेको जनाएको छ । ट्राफिक ब्यवस्थापन नभएकै कारण दैनिक दुर्घटना निम्तिरहेको स्वूकार गर्दै प्रहरीले अँझै धेरै सुधार बाकीँ रहेको जनाएको छ । जिल्लाको ट्राफिक ब्यवस्थापन अँझ सुधार हुने प्रहरीको दावी छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक बिश्व अधिकारीले प्रहरी सबै क्षेत्रको शुरुक्षामा कटिबद्ध रहेको बताए । हामी शान्ति शुरक्षा संगै ट्राफिक ब्यवस्थापनकोपनि जिम्मा लिन्छौँ उनले भने ‘प्रहरीले गर्नुपर्ने काममा सबै निकायसंग पहल गरेर सहज दिन्छौँ र आम सवारी चालकलेपनि ट्राफिक नियम पालना गर्नुपर्ने उहाँहरुको कर्तब्यपनि हो यो कर्तब्य सबैले पालना गरे सहज हुन्छ ।’
ट्राफिक ब्यवस्थापनका लागी कैलाली प्रहरी तथा ट्राफिक प्रहरीले केही सुधारका संकेत देखाएपनि अँझै धेरै समस्या उस्तै छन् । जथाभावी पार्किङ, सवारी साधनमा क्षमता भन्दा बढी यात्रु बोक्ने लगायतको बिबिध समस्या कायमै छन् । यस्ता समस्याकोपनि अन्त्य गर्न सके दुर्घटना न्युनिकरणमा निकै टेवा पुग्न सक्छ ।